हेमनरायन ठाकुरको दिनचर्या ः हजाम एक सन्तोषजनक पेशा

  • भदौ २३, २०७८
  • ८१९ पटक पढिएको
  • राम पुकार यादव
alt

समाजमा बेरोजगारी एक ठूलो समस्याको रुपमा छ ।बेरोजगारी समस्या समाजको बिकासको बाधक हो ।समाजमा हरेक मान्छे हरेक काममा लागेको हुन्छ। समाजमा हरेक मान्छे सँगै हरेक कामहरु पनि रहेको हुन्छ। जातीय पेशा र कामहरू पनि आफ्नो ठाउँ ओगटेको हुन्छ । हरेक घर बस्तिमा हेरेक किसिमको जातिय पेशा अपनाएको हुन्छ। धेरैले आफ्नै जातिय पेशा बाट असन्तुष्ट पनि भएको हुन्छ भने धेरैले सन्तुष्ट पनि । सिरहाको  अर्नमा गाउँपालिकामा पर्ने ब्रहम्पुरी गाउँमा एउटा हेमनरायन ठाकुर हजामको घर छ।ठाकुर हेम नरायन युवा उमेर भर्खर २४ बर्ष  हो ।उ रोजगारीको शिलशिलामा खाडी मुलुक कतार पनि गए । घरमै आफना पुर्खौली पेशामा लागेको हेमनरायन कतारमा बिल्डिण्ग कन्स्ट्रक्सनको काम पनि गरे ।चार बर्ष बिल्डिङ को काम गरेको हजाम हेमनरायन हाल बिष्णुपुर गाउँपालिकाको वडा न १ हरिनगरा गेटमा आफ्नै एक सानो शैलुन थापेको छन ।थोरै उमेरमा देश देखि बिदेश सम्म कामको अनुभ बटुलेको हेम नरायन यतिखेर आफ्नो पेशा जस्तो अरु कुनै पेशा नरहेको बताउँछन् ।उनले,नाइकै पेशाको देशमा संरक्षण र पर्बधन भयो भने मानिसले गर्ने आफ्नै जातिय पेशा बाट सन्तोसजनक उन्न्ती गर्ने बताउँछ ।उनले भन्छ समाजमा एक पेशाको मान्छेले अर्को पेशाको मान्छेले दाँजेर सानो र ठूलो पेशा छुट्टाउनु दुर्भाग्य हो।पेशालाइ वर्गीकरण गर्नु हुदैन भन्छ।मानिसले सोध्छ के नाम हो। ।के काम गर्छौ?हजामको नाइको काम गर्छु भेने पछि अर्को काम राम्रो लाग्दैन भन्छ।यसले निरुत्साहित गर्ने गर्छ। जबकि मानिस हरेक समय सौन्दर्य रहन खोज्छ।हजामले दाढी कपाल काटने काम नगरिदिए सौन्दर्यता पाउन गाह्रो नै हो।उनले भन्छ।दाढी कपाल कटेर मान्छेलाइ हामी नाइहरुले समाजमा सौन्दर्यता प्रदान गर्ने गर्छौ ।र त्यस बापत लिएको पारिश्रमिक बाट आफ्नो दिनचर्या गर्छौ।त्यसैले नाइ समाजको गहना हो भन्छ। आफू रा आफ्नो पेशा संतोषजनक रहेको बताउँछ । यतिखेर पुरानो पेशाहरु समाजिक मान प्रतिष्ठा र लालसाको कारण पनि बिस्थापान हुदै गइरहेको छ । यसले परम्परागत पेशाको महत्वमा ओरालो लागेको हो । परम्परागत पेशामा समाजिक सहजता स्वीकार्यताको कमि पनि उतिकै छ ।

परम्परागत जातीय पेशामा सामाजिक स्वीकार्यताको कमीले गर्दा नयाँ पुस्ता त झ्न् आफ्नो उत्तराधिकारबाट टाढिएका छन्। त्यसमाथि पेशामा व्यावसायिकताको अभावले जीविकोपार्जन समेत कठिन भएको अवस्था छँदैछ । हजाम, परम्परागत पेशाको भविष्य छ, तर अहिलेकै ढर्रामा टिकाउ हुदैन। तिनलाई टिकाउ बनाउन व्यावसायिक बनाउनु आवश्यक छ– व्यक्तिगत र सामूहिक दुवै रूपमा। जातीय पेशाहरूलाई स्यालन, लन्ड्री, जुत्ता मर्मत केन्द्र वा फर्निचर उद्योग जस्ता स्वरुप दिए सामूहिक रोजगारी पनि बढ्छ । पहिला खेती कर्म गर्नेहरूले आफ्नो पेशासँग गाँसिएका हजाम, लोहार, माली, डोम, बरई आदिलाई वार्षिक उब्जनीको केही हिस्सा दिन्थे। त्यसको अर्को फाइदा के थियो भने बसोबास मिश्रित बन्थ्यो, जसले गर्दा एकअर्काका आवश्यकताहरू परिपूर्ति हुनसकोस्। अब पारस्परिकतामा आधुनिकीकरण अत्यावश्यक भएको छ। त्यसको लागि पूँजी चाहिन्छ। जातीय पेशामा लगानी भए त्यो व्यावसायिक त हुन्छ नै आयमूलक, आकर्षक र आत्मसम्मानयुक्त पनि हुन पुग्छ । पारम्परिक सीपहरूको संरक्षण हुन्छ र पेशाको स्वीकार्यता पनि बढ्छ । मधेशका शहर हुन् वा गाउँ, शिक्षित हुन् वा निरक्षर; सीप भएका हुन् वा नभएका, बेरोजगारी व्याप्त छ। यसको समाधान केहीलाई जागीर दिएर हुँदैन। यसका लागि रोजगारीको यस्तो चक्र सिर्जना हुनुपर्छ, जसले निरन्तर अवसर सिर्जना गरिराखोस्। पूँजी उपलब्ध गराएर परम्परागत पेशामा आधुनिकीकरण गर्ने हो भने त्यसले व्यावसायिक अवसर सिर्जना गर्छ। यसमा अब स्थानीय सरकारहरूले विशेष भूमिका खेलेर खास–खास जातिका पेशाहरूलाई सबैको लागि आकर्षक बनाउनुपर्छ। स्थानीय सरकार भनेकै स्थानीय परम्परा र संस्कृतिको सम्वर्द्धन गर्ने निकाय भएबाट अब यसतर्फ तत्कालै सकारात्मक पहलको अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...