देउवा र ओलीको कस्तो सम्बन्ध

  • चैत १८, २०७७
  • १२४०२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्धबारे खुलाएका छन् ।

पत्रकार विमल गौतमसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले लामो समयदेखि देउवासँग राम्रो सम्बन्ध रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केही समयअघि चितवनमा गएर अवसर आयो भने कांग्रेस सरकारको नेतृत्व गर्न पछि पर्दैन भन्नुभएको थियो ।

हालै विराटनगरमा गएर कांग्रेस प्रतिपक्षमै बस्छ भन्नुभयो । एकाएक देउवा जुन हिसाबले ब्याक हुनुभयो, यस पछाडिको भित्री राजनीतिक कारण के थियो ?

शेरबहादुर देउवाजीसँग प्रत्यक्ष भेट नभएको केही महिना भइसक्यो । कहिले काहिँ फोनमा कुरा हुन्छ । त्यति गहिराइसँग कुरा गर्न पाएको छैन ।

प्रतिनिधि सभा विघटनको सिफारिश भन्दा अगाडि भएको हुँदो हो, त्यसपछि भेटको कुरा भएको छैन । उहाँसँग कुनै वैरभाव छैन, शत्रुता छैन, उहाँ पनि मुद्दा हाल्न गएजस्तो लाग्दैन, मेरो पनि मुद्दा हाल्न जाने चलन छैन । त्यसले गर्दा उहाँसँग नराम्रो हुनुपर्ने के छ र ? उहाँ प्रतिपक्षको नेता हुनुहुन्छ, म सत्तापक्षको नेता छु । हामी एउटै पार्लियामेन्टमा छौं । लोकतन्त्र बचाउने कुरामा समानता छ । देउवासँग मेरो नराम्रो कुरा छैन । सत्तापक्ष र प्रतिपक्षका आ–आफ्ना भूमिका छन्, ती सीमामा रहेर काम गरेका छौं ।

कांग्रेसभित्र विपक्षी दलको नेतालाई साथ दियो, हिमचिम भन्ने कुरा । २०३१ साल चैतदेखि मैले जेलमा चिनेको हो, ४६ वर्षदेखि चिनजान हो । हामी जेलभित्रका स्थायी बासिन्दा थियौं । उहाँहरू आउँदा भेटघाट हुन्थ्यो र नयाँ राजनीतिक बन्दी आउँदा फरक कुरा सुन्न पाइन्थ्यो ।

कतिपय त्यसपछि राजनीति गरेकाले र त्यसपछि जन्मिएकाले टीकाटिप्पणी गर्लान् । हामी त्यो बेलादेखि दुःख-सुखमा सँगै छौं । देउवाले मलाई नजिकबाट चिन्नुभएको छ, मैले पनि चिन्छु । नेपालपाना

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...