हङकङ माथी चीनको दोहोरो नीति

  • फागुन २८, २०७७
  • ८४१३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । हङकङस् हङ्‌कङको निर्वाचन प्रणाली बदल्ने चिनियाँ घोषणाप्रति अमेरिकाले आपत्ति जनाएको छ ।

चीनको नेशनल पिपुल्स कंग्रेस एनपीसीले शुक्रबार हङ्कङ्को निर्वाचन प्रणाली फेर्नेसहित योजनाहरू सार्वजनिक गरेको थियो। तर अमेरिकी उच्च अधिकारीहरुले चीनको उक्त कदमको आलोचना गरे ।

चीनको नयाँ घोषणा अनुसार हङ्‌कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

गत वर्ष मात्रै चीनले हङकङलाई लक्षित गर्दै कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको थियो । जुन नीतिप्रति पनि अमेरिकाले कडा आलोचना गरेको थियो । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशहरुले चीनको उक्त नीतिको विरोध गरेका थिए । अमेरिकाले भने हङकङमा २ वर्षअघि ६ महिना भन्दा लामो समय चलेको प्रजातान्त्रिक आन्दोलनलाई साथ र सहयोग गर्दैआएको थियो ।

सोही नीतिपछि बेलायतले भने हङकङका नागरिकलाई नागरिकता दिने प्रस्ताव समेत गरेको थियो । यसपटक पनि चीनले हङकङको निर्वाचन प्रणाली बदल्ने भएपछि अमेरिकी अधिकारीहरुले यसविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

बेलायतको उपनिवेश छुटेर स्वतन्त्र भएसँगै हङकङमाथि चीनले आफ्नो प्रभाव जमाउन थालेको हो । चीनले हङकङलाई ‘एक देश दुई प्रणालीको नीति अनुसार चलाउँदै आएको छ । अन्नपूर्णपोस्ट

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...