महाकाली नदीमा बनेको पर्खाल निरीक्षण गर्दै ठीक ढङ्गले बनेको : नापी विभाग

  • वैशाख ८, २०७८
  • ८६५१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको दुवै देशका नापी अधिकृतले स्थलगत अध्ययन गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चैत ३० गते नेपाल र भारतका नापी अधिकृतको टोलीले महाकालीमा बन्दै गरेको पर्खालको स्थलगत अध्ययन गरिएको र अध्ययनले कुनै त्रुटि नभएको बताउनुभयो ।

भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएकोले नेपालतर्फको भूमि जोखिममा परेको भन्दै संसदमा पटक–पटक सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले गएको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

एकतर्फी पर्खाल लगाएको विषयमा भारतसँग कुरा भएको र पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, भनेर अध्ययन गर्दा पर्खाल अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको भएको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...