राम पुकार यादव,बिष्णुपुर सिरहा । कोरोनाको कहर सँगै गाउँ सहर बजारका मानिसहरु त्रसित भएको भान भएको छ । रोग प्रतिरोधात्क क्षमताको लागि खानपिन सँगै मानिसको मनोबल पनि उच्च रहनु पर्ने निर्विबादित बिचारलाई स्विकार नगरि हुदैन । रहयो कुरा ,कोरोना महामारीले उब्जाएको बिनाशको खतराबाट देश र जनतालाई बचाउनु कठिन प्रस्थितीको सामना गर्दै सरकारले जारि गरिएको लकडाउन जनता र सम्पुर्ण मानब समुदायको हकमा नै हो । मानब भलाई र कल्याणको लागि सरकारले यस्ता परोपकारी निर्णय सराहनिय हुदाँ हुदै पनि यसको असर सगोल अर्थतन्त्रमा परेको प्रष्ट छ । सरकारले समय प्रतिकुलतालाई दृष्टिगत गरि जनतामा जारि गरिएको लकडाउन बाध्यता हो पनि बुझनु जरुरी रहेका बुझिन्छ ।। लकडाउन भनेको गाँउको मान्छे सहर नजानु सहरको मान्छे गाउँ नआनु। बहिर तथा बिदेशकाहरु यस समयमा आनजान नगर्नु ।अपरिचितहरु एक ठाउँबाट अर्को नयाँ ठाउँमा नजानु र आउनु ।संक्रमित रहेको ठाउँमा आवागमन नगर्नु । सरकारले जनताको हित र कल्याणको लागि जारि गरेको सल्लाह सुझाव,निति नियम र निर्दैशनको पालना गर्नु लकडाउन रहेको देखिएको छ । कुनै पनि सरकारले आफनो देश संकट र बिपदमा रहेको बेला यसका जोखिहरु बाट बच्न बचाउन यसता लकडाउन प्रणलि लागु गर्नु पर्ने अबस्था आउँछ र आएको छ। यसले मानबिय समुदायमा बिभिन्न किसिमको समस्या उपद्रब र कौतुहलता सृजना पनि गर्ने गर्दछ ।यस समयमा मानिस सर्वश्रेष्ठ र समाजिक प्राणि भएका नाताले सन्तोष र धैर्यधारण गर्नु बाहेक बिकल्प उ सँग हुदैन ।यस बेलामा उसले खोज्ने चाहेजतिको सन्ंतुष्टि पनि पाउने सम्भावना नहुने भएकाले मनस्थिती सबल राखि सन्तोष गर्नु पर्ने अबस्था हो यो । समय परिस्थिती अनुकुल रहेको बेला प्राकृतिक बातावरण र खुला मानबिय सम्बन्धहरु बाट उठाउन सक्ने लाभहरु समय प्रस्थिती प्रतिकुल भएको अबस्थामा बंचित नै हुनु पर्ने कठिन समय सँग सघंर्ष गर्न जुध्नै पर्छ । अर्थशास्त्रका अध्यनको हिसाबले भनौ वा प्राकृतिको अव धारणहरुको अधारमा भनौं संसारमा साधन सिमित छन र मानबिय ईच्क्षा आकंक्षा असिमित । सिमित साधन र असिमित मानबिय इच्क्षा बिच हुदै आएको द्धन्द रहेकै बेला कृत्रिम अथवा प्राकृतिक तेस्रो कठिन समस्या मानबिय समुदायमा आइसकेपश्चातका अबस्थामा अबको दिनमा कुन स्वरुपको समाज रहन सक्ने मानबको लागि सोचनिय र गहन बिषय बनेको छ ।यसमा अन्यथा तर्क गर्ने अबस्था पनि नरहेको बुझनु पर्दछ ।
नयाँ कृषि युगको प्रगति सँगै खेतबारि गर्दै दिनचर्या झेलिरहेका किसानहरु कोरोना कहरले ल्याएको जारी आपतकालिन लकडाउनमा उदेश्य बिहिन हुदै अलपत्रमा परेका छन । कोभिड १९ बाट सुरक्षित रहन गाउँको मान्छे गाउँमा र शहरको मान्छे सहरमै रहनु पर्ने भएको छ ।यसले बस्तु भाउ आयात निर्यात हुन दिएको छैन ।जसले मानिसको दैनिकि,दिनचर्या असहज बनेको छ । गाउँका मानिसले आफनै खेतबारीमा उव्जाएको समान सहर बजारमा बेच्न जान्छन । आवागमन बन्दको कारण किन बेच हुन पाएको छैन । आयात, निर्यात किन,बेचले राष्टको अर्थको स्थिति संग महत्व राख्ने गर्दछ। राष्टको अर्थतन्त्र सबल भएन भने त्यो राष्ट र राष्टको जनता गरिब कहलाउँछ ।अनि भोकमरी सुरुवात हुन्छ ।जब जनता गरिबिको रेखामुनि जान्छन।त्यहाँ द्धन्को सृजना हुन्छ।अनि समाज अक्रान्त बन्छ ।अक्रान्त र अशान्तिले अन्धबिश्वास पैदा गर्छ । अन्धबिश्वासले मानिसको साकारात्मक सोचलाई मार्ने भएकोले मानिस नाकारात्मक ब्यबहार तिर सल्किने अबस्था आउँछ ।जसले व्यतिm र समाजको उन्नतीको बाधक बन्छ ।अन्ततः मानब जातिले संसारको अन्त्य भएको महसुस गर्न सक्ने अबस्था स्वभाबिक रुपले हुन आउँछ। आदि अन्य अबस्थाहरु हाम्रो मुठभेडमा आउन सक्ने भएतापनि हामि संग कोरोना महामारी बाट मुक्त हुन लकडाउन बाहेकको कुनै बिकल्प नरहेकोले यसैलाई आत्मसात गरि ,संकल्पित भै सबैले सरकारी नियमको पालना गर्न नभुलौं ।धन्यबाद।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved