डा. मनोज मुक्ति. राबण। इतिहासकै सबभन्दा घृणित पात्र जो वेद-पुराण को महाज्ञानी, पंडित र त्रिलोक बिजेता थिए। आपार शक्ति र साहसले उन्मद राबणलाई पराजित गर्न र मृत्यु सैया सम्म पुर्याउन स्वंम नारायणलाई पनि धौउ धौउ परेको थियोे। राबणको बल, बुद्धि, शक्ति र सामर्थ्य अतुलनीय थियोे। सात समुन्द्र पार रहेको सोनाको लंकाको दबदबा पुरै संसारमा थियो। तर त्यही लंका खरानी बन्न देर लागेन र काललाई पनि रोक्न सक्षम भएको राबण आफनो अन्त्यलाई रोक्न सकेन। र राबण समाप्त भयो। राबणको अन्त्य संगै राबणको अपार बल, बैभव र कृतिको पनि नास भयो। असत्य माथिको सत्यको जीतले संसार नै जगमग भयो। तर आधुनिक समयमा राबण मरेपनी राबणको राक्षसि सोच जिबितै रहेको अभास हुन्छ। देशमा प्रजातन्त्र अन्त्य संगै संघिय लोकतान्त्रिक गणतन्त्रको उदय भयो। नयाँ नेपाल जस्तो चर्को नाराको साथ आएको गणतन्त्रले लाग्यो अब पक्कै पनि देश र जनताको काया पलट हुनेछ। अब भ्रष्ट र भ्रष्टाचारको अन्त्य हुने भयो। तानाशाही समाप्त भयो। नेपाल र नेपालीको राबण अन्त्य भयो। अब बेरोजगारी भोकमरी हुदैन। कालाबजारी हुदैन। शान्ति हुनेछ। अब अधिकार त माग्नु नै पर्दैन। आफै आउँछ।अब कसैको जय भन्नू पर्दैन। अब गुलामीबाट मुक्ति पायो नेपाली ले। कुनै बिपत्ति भयो भन्ने तीन तहको सरकार जिन्दावाद ! तर आज वास्तविकता फरक छ। नयाँ नेपाल त के पुरानो नेपाल पनि छैन कि जस्तो लाग्छ। नयाँ नेपालमा त नयाँ नयाँ शक्तिशाली राबणहरु देखा परेका छन जो सायद भात खादैन तर अरबौं खरब खान्छन्। रोजगारी गर्न त बिदेश नै पठाउछ। शान्तिले केही हुदैन। अधिकारको लागि जनताले गोलि खानै पर्छ। नेपाली संकटमा छन र तीन तहको सरकार नोट संकलनमा ! आमनागरिकले यस्तो संघीयता र गणतन्त्रको कल्पना पक्कै गरेको थिएन जहाँ यसको मतलब केबल पद, पैसा र पावर हो। राबणलाई पनि पद, पैसा र पावर प्यारो थियो तर अन्तयमा केही काम लागेन। राबणको जिद्दी स्वभावको थियो। उसको हठको अगाडि कसैको केही चल्दैन थियो। र त्यहीँ हठको कारण उसको पुर्ण बिनास भयो। वर्तमान नेपालको अबस्था पनि उस्तै देखिन्छ। शासकको आफ्नो पुरानो हठ र सोच हो। संघीयता र गणतन्त्र संबैधानिक उपलब्धि बाहेक केही छैन। पानीको धनी देशमा जनता पानी किन्दै किन्दै मरिरहेका छन। महानगरपालिका, नगरपालिकाहरुमा फोहर फाल्ने गाडी छैन। हरेक जरुरत पूरा गर्न जनताले पैसा तिर्नु पर्छ तैपनि भन्छ्न हामी महान परिवर्तनकारी छौं। नयाँ नेपाल बनायौं। राबण निर्लज थिए र उसका अनुयायी त झन निर्लज छन। राबण कपटी थिए। छलकपट त उसको खुन मै थियोे। जनतालाइ धोका दिने, गरिबलाई सहयोग नगर्ने र बिपत्तिमा पनि आफ्नो नाफा खोज्ने राबणवादी कपटीहरुको वर्चस्व बढेको देखिन्छ। राबण राज्यमा खुन पनि करको रूपमा लिने गरिन्थ्यो र आज नेपालमा खुन र पसिनाले कमाएर दिएको करमा मौज। करको स्वरूप मात्र फरक छ। तर शैली उहीँ राबणवादी नै हो। जनता ठगिएको महसुस गर्दै छन। संकटमा रहेको नेपाल र तीन करोड नेपाली अहिले गणतान्त्रिक सरकार खोज्दै छन। तर अवसरवादी र राबणवादीहरु मात्र यत्र, तत्र र सर्वत्र छन। राबण गलत ब्यक्ति थिए। उसको मनसाय नै सदैव लूट्खसोट हुन्थ्यो। तर उसको कर्म र वचनमा एकरूपता थियो। कसैको सामु नझुक्ने उसको कठोर अठोटले अन्त्य समयमा नारायणको साथ र सम्मान प्राप्त गर्न सफल भए। तर रावणवादीहरुले गरेका वाचाहरु तिनका कर्महरु द्वारा तोडिएको अनुभव गरिरहेका नेपालीहरु फेरिपनि नारायण पृथ्वीमा अवतरित हुने र सम्पुर्ण दुख, पिडा, अन्याय र अत्याचारबाट मुक्ति पाउने आसमा प्रतीक्षारत जस्तो छ। र फेरिपनी नयाँ युग जगमगाउने छ। जय नेपाल !
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved