प्रदेश टाइम्स सम्बाददाता सप्तरी बलान बिहुल गाँउ पालिका –४ मल्हनियाँ स्थित रहेको सरस्वती साना किसान कृषि सहकारी संस्था लि. प्रबन्धक रहेका बिवेक कुमार चौधरीसंग सहकारी सम्बन्धमा हाम्रा सहकर्मी रोहित कुमार मण्डलले गरेको छोटोकुराकानीको प्रमुख सम्पादित अंश ः १. सहकारी संस्थाले दिने फाइदाहरु के के हो ? प्रबन्धक चौधरी ः– सहकारीमा आवद्ध भएपछि पहिलो कुरो त सामाजिक र सामूहिक भावनाको विकास हुन्छ । यसले समाज रुपानतरणमा अग्रगामी भूमिका खेलिरहेको हुन्छ । समाजमा कायमरहेका ठालू र जमिनदारी हैकम प्रवृत्तिको अन्त गर्छ । काहकार्यले सबै समान हुन् भन्ने भावनाको विकास गर्छ । दोस्रो, आयआर्जनका लागि अभिप्रेरित गर्छ । एक थुकि सुकी, हजार थुकि नदी भनेझैँ थोरै – थोरै रकम बचत गरेर जम्मा भएको रकम लगानी गरेर स्थानियले आम्दानिको बाटो खोज्न सक्छन् । सहकारीको व्याज सस्तो भएको र कमाइअनुसार ऋण तिरे हुने भएपछि जो कसैलाई पनि व्यापार ÷ व्यवसाय गर्न गाह्रो हुँदैन । कसैको हप्की र दप्की सहनुपदैन । दैनिक गुजाराको समस्याको समाधान गर्न पनि सहकारीमार्फत स्थानिय लाई सजिलो भएको छ । बैँकहरुको पहुँच नपुगेको स्थानमा सहकारीले बैँककै भूमिका निभाई रहेका कारण राज्यलाई पनि सजिलो भएको छ । यतिमात्र होइन हाम्रो सहकारीले अहिले आएर बिदेशमा रहेकाहरुले निर्वाध रुपमा पैसा पठाएर कारोबार गरि रहेका छन् । २. नेपालमा सहकारी आन्दोनको व्याख्या कसरी गर्न सकिन्छ ? प्रबन्धक चौधरी ः– गाउँगाउँमा सहकारी संस्थाको स्थापना भएपछि साहु माहाजनबाट चर्को व्याजमा रकम लिने क्रम घटेको छ । ऋण लगानीसँग प्रत्यक्ष जोडिएको जमिन्दारी , साहू महाजन, ठालु प्रथा अहिले क्रम नामेट प्राय ः नामेट भएका छन् । उनिहरको चर्को ब्याज र हप्कीदप्कीका साथ ऋृणलिनु पनेृ अवस्था छैन । सहकारकिो स्थापनापछि कसैको जग्गा जमिन श्रmृणकै कारण खोसिएको छन् । पुंजि नभएका कारण व्यापार व्यावसाय गनृ रोकिनु पर्ने अवस्था अब छैन् । सबेैमा अब सामुहिक र सामाजिक भावनाको विकास भएको छ । सुख दुःखमा एकले अर्कालाई सहयोग गर्ने गरेका छन् । सहकारीमा आवद्ध भएकाहरुमा सामाजिक र सामुहिक एकताको बिकास भएको देखिन्छ । ३. सहकारी दर्ता गर्न अहिले ग्राहो छ भनिन्छ, हो र ? प्रबन्धक चौधरी ः– सहकारीको नाममा बदमासि गर्नेहरुले गर्दा सरकारले केहि कडाई गरेको अवश्य हो । त्यसमा पनि काठमाणडौ उपत्यकाको हकमा नायाँ र्दता बन्द नै गरिएको थियो , तर अहिले त्यसमा केहि खुकुलो बनाईको छ । पहिलो २५ जना सेयर होल्डर जम्मा ग¥यो र दर्ताका लागि निवेदन दिएपछि दर्ता हुन्थ्यो , तर अहिले ठेकेदारि प्रथामा सहकारी दर्ता गर्न कुनै हालतमा सकिन्न । सहकारी र्दता गर्ने प्रक्रिया सुरु गरेपछि सहकारी डिभिजन कार्यालयले दिने दुईदिने तालिम सबै सेयरधनीहरुले लिएपछि मात्र तालिमेहरुको आचरण र रबैया हेरेर सहकारी बोर्डले संस्था दर्ताको प्रक्रिया सुरु गर्ने गरेको छ । ४.किन त्यसो गरिएको हो ? प्रबन्धक चौधरी ः– सहकारीको नाममा विकृति आएपछि सरकारले कडाई गरेको हो । सहकारीको मूल्य मान्यता र सिद्धान्त नै थाहा ने पाएका र बदमासि गर्नेहरुलाई सहकारी संचालन गर्नका लागि अनुमति दिइयो । जसका कारण कति सहकारी त रकम नै उठाएर गायब भए । त्यसबाट पाठ सिकेर सहकारी बोडृले तालिम र सेयरधनहिरुको चालचलन बुझेर मात्र अनुमति दियो । ५. सेयर सदस्य नभएकालाई कसरी श्रmृण प्भाव गरिन्छ ? प्रबन्धक चौधरी ः सहकारी नियमले नियमित रुपमा ३ महिनासम्म बचत गरेको रआवद्ध भएको छ भने मात्र ऋण दिनु भनेको छ । सामुहिक जमानिमा ५० हजार रुपैयासम्म श्रmृण दिनसकिने नियम हाम्रो सहकारीमा छ । ६.सेयर सदस्य नभएकालाई कसरी ऋण प्रवाह गरिन्छ ? प्रबन्धक चौधरी ः– सहकारी नियमले नियमित रुपमा ६ महिनासम्म बचत गरेको र आवद्ध भएको छ भने मात्र ऋण दिनु भनेको छ । तर, यहाँ आवश्यकता हेरेर तीन ÷चार महिनामै ऋण दिइएको छ । सामूहिक जमानीमा ५० हजार रुपैयासम्म ऋण दिनसकिने नियम हाम्रो सहकारीमा राखिएकोछ । ७.ब्याज दर कतिको महँगो हुन्छ ? प्रबन्धक चौधरी ः– सामान्यतया किसानहरुलाई खेतिपातिको लागि बिना धितो १४ प्रतिशतको दायरामा ब्याज दिने नियम सहकारीहरुले बनाइएको पाइन्छ । तर, बचत र लगानीको व्याजदरमा भने ६ प्रतिशतभन्दा बढी फरक कुनै हालतमा गर्न पाइन्न । मानैाँ, बचतमा ९ प्रतिशत व्याज दिइन्छ भने ऋणमा १५ प्रतिशत हुनुपर्छ र बचतमा १२ प्रतिशत छ भने ऋणमा १८ प्रतिशतसम्म गर्न पाइन्छ । बचत र लगानीको व्याजदरको निर्धारणमा चाहिँ प्रत्येक सहकारीको आ–आफ्नै आन्तरिक नियम र प्रचलन हुन्छन् । सहकारीको सञ्चालक समितिले निर्णय गरेर व्याजदर निर्धारण गरिएको हन्छ । ८.सहकारी संस्थाहरुको कार्यक्षेत्र कत्तिको फराकिलो छ ? प्रबन्धक चौधरी ः– सहकारी संस्थाहरुलाई समस्या यहिँनिर छ । यसमा नेप्सकुन (सहकारीहरुको छात्ता संगठन) ले सहकारीको कार्यक्षेत्र बढाउनुप¥यो भनेर सरकारसँग माग गरेको छ । महानगरपालिका र नगरपालिकाहरुको हकमा पाचवटा वडाभित्र मात्र कारोबार गर्न अनुमति पाइन्छ भने त्यो भन्दा बाहिरको हकमा ५वटा पालिकासम्म सहकारीको कार्यक्षेत्र हुनसक्छ, तर वडा भए वा गा..पा. भए पनि ती सबै एकअर्कामा अनिवार्य रुपमा जोडिएको हुनुपर्छ । नजोडिएका वडा र गा.पा.मा सहकारीले कारोबार गर्न अनुमति पाउदैनन् । नेप्सकुनले काठमाडौँ उपत्यकाको हकमा तीन जिल्ला र अन्यको हकमा सम्पूर्ण जिल्लाका क्षेत्रहरुमा कारोबार गर्न पाउनुपर्ने माग सरकारसँग गदैँ अएको छ । सहकारी बोर्डले प्रभावकारी अनुगमन गर्नुपर्ने, सहकारीलाई सीमित घेरामा राख्न नहुने भन्ने माग गरेपछि सरकार त्यसमा केही सकारात्मक भएको छ । अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन उसले पहल गर्ने प्रतिबद्धता जनाएको छ । ९.सहकारी संस्थाहरुको चुनौती र समस्या छदै छन् के कस्ता समस्या झेल्नु परेको छ ? प्रबन्धक चौधरी ः– सहकारी आर्थिक आम्दानी र जीवनस्तर उकास्न क्रान्तिकारी कदम चाले पनि ऋण प्रवाहमा भएको गैरजिम्मेवारी प्रस्तुतिले गर्दा सहकारीहरु डुबेका छन् । सोही कारण आममानिसमा सहकारीप्रति विश्वासमा कमी आउन थालेका छ । जुन एकदम डर लाग्दो हो । मोटरसाइकल, घरजग्गा, हायर पर्चेजहरु जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरिएका कारण सहकारीबाट आयआर्जन गर्न सकिएको छैन । आम्दानी सहकारीको मुख्य आत्मा भए पनि अनुत्पादक क्षेत्रमा सहकारीले नाफा कमाउने उदेश्यले लगानी गर्दा समस्याहरु देखिएका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढी हुनु र सहकारीको नाममा बदमासी गर्नेहरुको संख्या बढ्नु प्रमुख चुनौती हो । सहकारी उत्पादनमूलक कार्य गर्न र अम्दानीको स्रोत बलियो बनाउने स्थापना गरिएको हुन्छ । त्यसअनुरुप कतिपय सहकारीहरु नचल्नुको कारण आममानिसको विश्वासको संकट हो । त्यसलाई रोक्न अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved