अति साहसिक, धैर्यवान र अथाह ऊर्जाको भण्डार भएका महान् सहिद रामवृक्ष यादवको सम्पर्क वि.स.२०२९सालमा धनुषाको कुसुमबिछौना गाउँमा क.ऋषिराज देवकोटाको प्रभावबाट सक्रिय राजनैतिक विचारमा प्रभावित हुन थाल्यो। भौतिकवादी विश्व दृष्टिकोण र मार्क्सवादी विचारबाट प्रशिक्षित भइ आफ्ना पुराना गठन गर्नु भएका हिन्दुवादी सामाजिक सांस्कृतिक मैथिली भजन किर्तनमंडलीलाई नै गाउँ स्तरको पार्टी संगठनमा सक्रिय राजनीतिरुपमा रुपान्तरित गरी पूर्व मण्डलीका सबै सदस्यहरूलाई राजनैतिक विचारले प्रशिक्षित गरी स्थानीय पंचायतकालिन फटाहा विरोधी संघर्षको शुरुवाती विगुल बजाउनु भयो।वि.स.२०३० सालमा मैथली किर्तनभजन मंडली मार्फत वहाँले सर्वहारा वर्ग जो "एक सेर बनी" मा दिनभर सामन्ती साहुमहाजनको काम गर्ने ९०% जनताको कृषि मजदुरी गरेर जिवन निर्बाह गरिरहेका थिए, त्यसका विरुद्ध रामवृक्ष यादव "मास्टरसाहेब" ले सर्वहारावर्गको सहयोगमा "एकशेर बनी" आन्दोलनको घोषणा गरी निर्णायक अवस्थामा पुगी सफल हुनु भयो। वहाँको त्यो "ज्यालादारी आन्दोलन" सफल भएको देखेर पंचायती व्यवस्थाका स्थानीय शोषक, फटाहा, दलालहरु अतालिएर सामन्ती सोचका संजालहरु मार्फत जिल्ला प्रशासनबाट शान्ति सुरक्षा.ऐन अन्तर्गत जनकपुरबाट गिरफ्तार गरी ६ महिनासम्म जलेश्वर कारागारमा बन्दी बनाइयो। जेल यात्रा पश्चात वहाँको धर्मपत्नी क.रामकुमारी यादवले वहाँको कदमलाई स्वागत गर्दै हरेक क्षेत्र,क्षण र शब्दमा साथ दिदै घरमा रहेका स- साना बच्चाहरुको स्याहारसुसार गर्दै सर्वहारावर्गसँग मिलेर राजनैतिक यात्रा शुरु गर्नुभएको थियो।जुन राजनैतिक यात्रा नै वहाँको अन्तिम क्षण रहन पुग्यो र वहाँको एक मात्र छोरा शेखरको पनि। क.जलेश्वर कारागारमा रहँदा वहाँले आफ्ना घरपरिवार, छोराछोरी, गाउँ घरका शुभचिन्तक, सर्वहारा वर्ग र भजनमंडलीका सम्पूर्ण सहयात्री साथीहरुलाई चिठी पत्र पठाइ शान्त्वना दिने गर्नु हुन्थ्यो ् जलेश्वर कारागारबाट मुक्त भएपछि पून: सर्वहारा वर्गको मूर्तिका लागि आफ्ना कदमहरु बढाउन थाल्नु भयो। जसबाट प्रभावित भएर ने.क.पा.( चौम)ले वहाँलाई वि.स.२०३१ पार्टीको सदस्यता प्रदान गर्नुभयो। तत्पश्चात वहाँ र वहाँको साथिहरु एकढिक्का भएर पार्टीमा सक्रिय भएर काम गर्न थाल्नुभयो। त्यतिबेलादेखि नै वहाँलाई पंचायती व्यवस्थाका शासकहरूले शिक्षण पेशाबाट अलग गर्न थाले।जि.शि.का.माथि कार्यवाही गर्न लाग्दा पून: बहाली गरी राष्ट्रिय प्राथमिक विद्यालय बहेडाबेला धनुषामा पठाइयो। पछि फेरि वहाँको २०३४ सालमा रा.प्रा.वि.कुसुमबिछौनामा सरुवा गरियो। त्यति बेलै वहाँले कमला नदीको १२ बिघा सरकारी जग्गा निसहाय,अवला, दलित मुस्लिम र सुकुम्बासी जनताहरुलाई वितरण गरिएको थियो। जसले गर्दा तत्कालीन पंचायती सामन्ती प्रशासनहरुले वहाँको राजनैतिक गतिबिधीबाट त्रसित भइ पून:शा.सु.अन्तर्गत कारागार हालियो। तत्पश्चात वहाँलाई कारागार मूक्त गरी २०३५ सालमा सिन्धुली जिल्लाको बोर्डरमा पर्ने "लोटादुध पानी"रा.प्रा.वि.मा सरुवागरियो। २०३५ सालकै माघतिर स्थानिय शोषक फटाहा दलालहरुको बिरुद्धमा बरमझिया गाउँमा सामाजिक सांस्कृतिक संघर्ष र मजदुरी संघर्ष समिति संचालन गरिरहेका बेला स्थानीय सामन्तीहरुले अतालिएर हेमबहादुर मल्ल र बद्री कार्कीको सहायता लिइ स.ई. रणबहादुर चन्दका आदेशमा ४ जना राइफलधारी र प्र.ज.पठाइ गिरफ्तार गर्न लगाउदा सर्वहारावर्गको अपार भिड र सहयोगले गर्दा सामन्ती फटाहा दलालहरु असफल हुन पुग्यो। त्यसपछि वहाँको जनमानसमा लोकप्रियता देखेर तत्कालीन पंचायती सामन्ती प्रशासनहरु त्रसित हुदै गए र वहाँको बिरुद्धमा बिभिन्न किसिमका जालझेल र षड्यन्त्र गर्न थाले। त्यसैको परिणामस्वरूप २०३५ सालको कात्तिक महिनामा घटित सिन्धुलीको रघुनाथ कोइराला हत्याकाण्डमा फसाउन विपिन चन्द, हेमबहादुर मल्ल र बद्री कार्कीको संयुक्त षड्यन्त्रमा १२ जना राइफलधारी जवानद्वारा गिरफ्तार गराइ सिन्धुली कारागार पठाईयो। सिन्धुलीको प्रशासनले उक्त घटनाको छानबिन गर्दा वहाँ निर्दोष भएको देखेकोले बाँच्न सफल हुनुभयो।पछि ति फटाहाहरुको दबाव र राजनैतिक पृष्ठभूमिकाआधारमा राजकाज अपराध अन्तर्गत २०३५ साल पौष १ गतेदेखि २०३७ साल बैशाख ५ गतेसम्म जेलमा राखियो।पछि देशव्यापी राजबन्दी रिहाइमा जेल मुक्त गरियो। यसरी पटकपटकका गिरफ्तारी र विद्यालय सरुवाका कारण रामवृक्ष यादव "मास्टर साहेब" ले १ दिन मात्र हाजिरी गरी उक्त विद्यालय र जागिरबाट राजिनामा दिएर पार्टी संगठनमा सक्रिय भएर पूर्णकालीन काम गर्न थाल्नुभयो। त्यस पश्चात २०३७ सालमा संपन्न जनमत संग्रहमा पार्टीको निर्देशित योजना र कार्यक्रम अनुसार जनताको अपार भीड र समर्थनका साथ बहुदलको पक्षमा अथाह जनसागर उर्लेको देखेरै त्यहाँका तत्कालीन सामन्ती फटाहा र पंचायती व्यवस्थाका हिमायतीहरूलेदलालहरुले सवैला प्रहरी प्रशासनकोसहयोगमा रघुनाथपुर बूथबाठ पक्राउ गरी मत पनि खसाल्न नदिइ २ दिनसम्म बेपता पारी तेस्रो दिनको १:०० बजे रातीमा रिहाइ गरियो। जनमत संग्रहमा कथित निर्दल पक्षको जितको घोषणा पछि पंचायती व्यवस्थाका पृष्ठपोषक हेमबहादुर मल्लका लठैतहरुले रामवृक्ष यादव लगायतका साथीभाइहरुले घरमा गइ जहानपरिबारहरुलाई कुटपिटगरी लाखौंको सम्पत्ति लुटी लग्दा र अत्यधिक दुख दिदा वहाँ भुमिगत हुनुभयो। त्यस पश्चात २०४० सालमा क . रामवृक्ष यादव नेकपा ( मशाल)को केन्द्रीय समितिको सदस्यमा चुनिनु भयो। उक्त साल आफ्नै जन्मथलो बरमझियामा श्रावण महिनामा एउटा मानिस विष खाएर मर्दा त्यस मुद्दामा फसाउन तत्कालीन पंचायती प्रधानपंच रमेन्द्र दीपले बद्री कार्कीको निर्देशनमा फटाहा गुण्डाहरुले रामवृक्ष यादवलाई समातेर खुट्टा भाँच्चिइ प्रशासनले जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन राखिएको बेला क.राम सिंह , श्याम सिंह र भगत सिंह लगायतका अन्य साथीहरुको सहयोगमा त्यहाँबाट वहाँलाई भगाउन सफल भइ इन्डिया गएर उपचार गराउनु भयो।यस्ता कैयौं पटक दर्जनौं मुद्दामा मास्टर साहेबलाई विपक्षीले फसायो।तर वहाँ रतिभर पनि विचलित नभई दुश्मनहरूसँग लड्नुभयो। जसले गर्दा रामवृक्ष यादव जनता र पार्टीमा आदर्शवादी र अति लोकप्रिय नेताको रूपमा स्थापित हुनुभयो। वहाँ २०४२ सालको किसान आन्दोलनमा सक्रिय भुमिका खेल्नुभयो। जसबाट अझै चर्चित र स्थापित नेताको रूपमा स्थापित हुनुभयो। जसले गर्दा पून: रामवृक्ष यादवलाई २०४६ सालमा गिरफ्तार गरी ३ वर्षसम्म जेल जीवन बिताउन बाध्य पार्यो। पछि २०४७ सालमा नेकपा ( मशाल), चौ.म., सर्वहारा बादी श्रमिक संगठन र बिद्रोही नेकपा ( मसाल) को एकता भइ जेल भित्र र बाहिर संघर्ष चर्किन लाग्दा बाध्य भएर तत्कालीन सरकारले वहाँलाई र वहाँकोसाथीहरुलाई २०४९ सालको संसदको चुनावपछि जेलमुक्त गरेको थियो। जेलमुक्त भएपछि पटहेर्वा गाउँमा करीव अढाई सय बिघा जमिन गरिबहरुलाई वितरण गर्नुभयो। क.रामवृक्ष यादव महान् राजनेता,, लोकप्रिय रचनाकार, साहित्यकार,वाद- बादल, नाट्यकला, गायक र गीतकार प्रेमी भएको देखेर जनतामा विश्वास र प्रेमभाव बढदै जाँदा त्यहाँका सामन्तीहरुलाई वहाँ काँडा बन्न पुग्यो। दुश्मनहरुले वहाँलाई हत्या गर्न षडयन्त्रको जालो विछाउन थाल्यो। जनयुद्धको तयारीको क्रममा २०५१ साल भाद्र २ गते जनकपुरबाट नेपाल बन्द सफल गरेर घर फर्किने बेला साँझको समयमा गाउँकै नहर चौकमा राजनैतिक, साहित्यिक, साँस्कृतिक र कलात्मक भावका धनी अलराउन्डर लोकप्रिय नेता रामवृक्ष यादवलाई नेपाली कांग्रेसको षड्यन्त्रद्वारा देशी-विदेशीहरूको सहयोगमा हत्या गरियो। महान सहिद रामवृक्ष यादवको बाँकी सदिक्षा पूरा गर्न एक मात्र छोरा शेखर यादव अगाडि बढनु भयो।सानै उमेरदेखि बुवा जस्तै तिक्ष्ण बुद्धिका शेखर यादव पनि तन-मन सहित पार्टीमा पूर्णकालिन हुनुभयो बिभिन्न कमिटी हुँदै धनुषाको एरिया ईञ्चार्जसम्म समेत बन्नुभयो। वहाँको पनि बुवा जस्तै तिक्ष्ण प्रतिभा र कलात्मकभावबाट अतालिएर शाही सरकारद्वारा भारतमा उपचार गराउन गएको मौका छोपी उपचारबाट फर्किने क्रममा भारतकै जयनगरमा २०५८ साल पौष १४ गते दिनको १०:३०बजे समाति जयनगरकै थानामा रातिको ११:०० बजेसम्म राख्यो तत्पश्चात थानाबाट निकालि भारतीय पक्षले नेपालको इनर्वा बोर्डरमा ल्याई नेपाली पक्षका शाही पुलिसलाई सुपुर्दगी गरियो त्यहाँबाट खजुरी थानामा ल्याई २:०० बजे रातिसम्म राख्यो तत्पश्चात थानाबाट पनि निकाली बुवा जस्तै भाई शेखरलाई झुठो मुठभेडको नाममा हत्या गर्यो। शेखरको सहादत पश्चात क.रामकुमारी यादव विरासत उठाउनु भयो। धनुषामा थोरै समय काम गरिसकेपछि वहाँले मधेसभरी र चुरेपहाडी क्षेत्रहरूमा पार्टीको काममा लाग्नुभयो। श्रीमान र छोराको सहादतपछि पनि उहाँमा कुनै प्रकारको बिचलन आएन। बरु उहाँहरू हिँडेको बाटोमा अगाडि बढ्नका लागि पार्टी पंक्तिलाई बारम्बार निर्देशन दिई रहनुहुन्थ्यो। उहाँले तत्कालीन जनमोर्चाको केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य, मधेसी राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय उपाध्यक्ष,एकिकृत नेकपा माओवादीको केन्द्रीय सल्लाहकारको जिम्मेदारी समेत सम्हाल्नुभएको थियो। परिवार र व्यक्तिगत स्वार्थबाट माथि उठी राष्ट्र र जनताको पक्षमा आफूलाई सधै लगाईरहनुभयो । श्रीमान र छोराको सपना पूरा गर्नको लागि क्रान्तिको बलिवेदीमा आफूलाई निरन्तर होम्नुभयो। उहाँको यस प्रकारको त्यागले वर्तमान अराजकता, विसर्जन, अन्यौलता, दिशाविहीन अवस्थालाई चुनौती दिईरहेको छ। उहाँको आदर्शलाई गम्भिरतापूर्वक आत्मसात गर्न सके वर्तमानको हुँदाखाने र हुनेंखाने अवस्थालाई सहजै चिर्न सकिन्छ र समाजवादी क्रान्तिको दिशालाई सुनिश्चित गर्न सकिन्छ । उहाँ अन्तरिम व्यवस्थापिका संसद र पहिलो संविधान सभाको चुनावमा धनुषा क्षेत्र नं.६ बाट प्रत्यक्ष निर्वाचित सांसद चुनिनुभएको थियो यस्तो निष्ठा र आदर्श प्रेरणाकी श्रोत क.रामकुमारी यादवलाई २०६७ साउन २८ गते बिहान ३:०० बजे भाडाको घरमा सिलिण्डरबाट प्रभावित ग्याँसमा लागेको आगोले डढेर घाइते हुनुभएकी उहाँको उपचारका क्रममा भारतको सफ्दरगञ्ज स्पतालमा निधन भयो। अहिले आदरणीय बुवा,प्रिय भाइ र ममतामई आमाको निधनले सिंगो पार्टी पंक्ति स्तव्ध भएको छ साथै हामी बाँचेकाहरुले रामवृक्ष, रामकुमारी र शेखरले सोचेका नेपाली समाजवादी क्रान्तिको अधुरो सपना साकार पार्नका लागि दृढता, निष्ठावान र इमान्दारिताकासाथ मन, क्रम र वचनले पूरा गर्न उहाँहरू प्रतिको सच्चा श्रद्धाञ्जलि अर्पण हुनेछ।अन्तमा महान सहिद क.रामवृक्ष- रामकुमारी यादवको २५ सौं स्मृति दिवस भव्यताका साथ सफल पारौं। वीर सहिद- लाल सलाम!लाल सलाम !! # लेखिका - नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मा.बोधमाया यादव हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved