मोटरसाइकलको ठक्करबाट गोलबजारमा चार वर्षीय बालकको मृत्यु

  • भदौ ३०, २०८३
  • ३४० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा । सिराहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान आफ्नै घरअगाडि खेलिरहेका आयान्सलाई प्रदेश २–०१–६८५६ नम्बरको प्लाटिना मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेपनि चालक भन्ने फरार रहेको बताइएको छ । घटना सम्बन्धमा कडाइको साथ अनुसन्धान हुनुपर्ने मृतकका आफ्न्तजनले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...