सुनसहित पक्राउ परेका वडा अध्यक्ष सहित ६ जना जेल चलान

  • फागुन २०, २०७५
  • ३०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान/ सिरहामा सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन् । गत पुस २४ गते पुर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नजिकैबाट एक किलो ७ सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम, मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाज पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई पुर्पक्षका लागि सिरहा कारागार पठाइएको हो ।

राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको छ । जिल्ला अदालत सिरहाका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको बताए । सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैद्य सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो ।

कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...