सिरहा। छठ पर्वको पावन अवसरमा राजनीतिक नेतृत्वदेखि विभिन्न क्षेत्रका व्यक्तित्वसम्म छठघाटमा पुगेर सूर्यदेव र छठीमाताको आराधनामा सहभागी भइरहेका छन्। यसैक्रममा उज्यालो नेपालका अध्यक्ष एवं नेपालमा विद्युत् क्षेत्रको सुधारसँग जोडिएका कुलमान घिसिङ पत्नी सहित सिरहाको ऐतिहासिक सहलेश पोखरीस्थित छठघाटमा पुग्नुभएको छ। उहाँ पूजासामग्रीसहित छठघाटमा पुगेर छठीमाताको आराधना तथा पूजाअर्चनामा सहभागी हुनुभएको हो। घिसिङ सहलेश पोखरीस्थित छठघाटमा पुग्दा स्थानीयवासी तथा श्रद्धालुहरूले भव्य स्वागत गरेका थिए। उहाँको आगमनले छठघाटमा उपस्थित श्रद्धालुहरूबीच थप उत्साह देखिएको थियो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नेपाली कांग्रेसका सभापतिसम्मका विभिन्न राजनीतिक दलका नेताहरू जनकपुरधाम र सर्लाहीका छठघाटमा पुगेर छठ पर्वको पूजाआराधनामा सहभागी भएका थिए। सामाजिक सद्भाव, आस्था, विश्वास र प्रकृतिप्रतिको सम्मानको प्रतीक मानिने छठ पर्वले विभिन्न जातजाति, समुदाय र राजनीतिक विचारधारामा आबद्ध नागरिकलाई एउटै सांस्कृतिक सूत्रमा जोड्ने सन्देश दिएको छ। छठ पर्वको अवसरमा देशमा सुशासन, शान्ति, समृद्धि र जनताको सुख–समृद्धिको कामना गर्दै श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् भन्ने उज्यालो नेपालका अध्यक्ष घिसिङ ले छठ पर्वको सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved