कांग्रेस परित्याग गर्दै युवा नेता अरुण यादव रास्वपामा

  • कार्तिक २९, २०८३
  • ११४ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवा नेता अरुण यादव नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। धनगढीमाई नगरपालिका–११, सोनापुर निवासी यादवले लामो समयदेखि आबद्ध रहँदै आएको नेपाली कांग्रेसबाट औपचारिक रूपमा राजीनामा दिँदै रास्वपामा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसको राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका यादवको पार्टी परिवर्तनले धनगढीमाई नगरपालिकाको स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। कांग्रेसमा रहँदा विभिन्न राजनीतिक गतिविधिमा संलग्न रहेका यादवले पार्टी परित्याग गरी रास्वपा रोजेपछि उनको राजनीतिक यात्राले नयाँ मोड लिएको छ। यादवको प्रवेशलाई स्थानीय स्तरमा रास्वपाको संगठन विस्तारसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

कुस्तीको अखाडादेखि स ...

सिरहा ।  गाउँको माटोसँग जोडिएको सम्बन्ध, समाजसँगको निरन्तर सामीप्यता र जनजीवनका गतिविधिमा देखिन ...

रंगीला देवी जयसवालको ...

 नेपाली कांग्रेसका सभापति गगन कुनार थापा आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्र सर्लाही ४ पुगेर स् ...

ऐतिहासिक सहलेश पोखर ...

सिरहा। छठ पर्वको पावन अवसरमा राजनीतिक नेतृत्वदेखि विभिन्न क्षेत्रका व्यक्तित्वसम्म छठघाटमा पुगेर सूर ...