सिरहामा सुखिपुर नगरपालिका बिरुद संयुक्त संघर्ष समितिको धर्ना र आन्दोलन

  • चैत १४, २०७७
  • १५३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । आर्थिक वर्ष ०७६(०७७ दिवा खाजाको बजेट विद्यार्थीहरूलाई खाजा नखुवाई बजेट निकासा गरेको भन्दै शुक्रबार दिनको ११ बजे देखि १ बजेसम्म नगरपालिका कार्यालयको गेटमा प्रथम चरणको धर्ना कार्यक्रम गरेको संयुक्त संघर्ष समिति कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी गराइएको छ।
संयुक्त संघर्ष समिति सुखीपुरले सिरहाको सुखीपुर नगरपालिका कार्यालयमा पटक(पटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन गर्नु कुनै चासो नराखेपछि सो समितिले शान्तिपुर्ण आन्दोलन को घोषण गरि आज शुक्रबार देखी धर्ना कार्यक्रम गरिएको छ ।
संयुक्त संघर्ष समिति सुखीपुरले नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि यादवले हार्दिक अपिल समेत गरेका थिए। नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको थियो ।
साथै यश धर्ना कार्यक्रम बाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने ,विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ। न त केही शिक्षामा सुधार आएको न त दिवा खाजा नै दिएको छ ।
दिन प्रति दिन सरकारी बिधालय विद्यार्थीहरूको बौद्धिक , मानसिक अस्तर कम्जोर हुँदै गएको छ त्यसैले शिक्षामा अमुल्य परिवर्तन ठोस निर्णय गर्नु पर्ने स्थानीय सरकार अति अवस्यता छन भने स्थानीय हरु को गुनासो रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...