सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम सुरु गरेको र सबै जिल्लामा गरिने योजना रहेको आयोजकले बताउनु भयो । शान्ति सुरक्षा सम्बन्धी सल्लाह सुझाव र प्रहरी सेवा प्रवाहका विषयमा प्रति जनताका प्रश्न लिई जिल्लाका प्रमुख सम्बन्धी निकायका प्रमुख र प्रदेश प्रहरी प्रमुखले जवाफ दिनु भयो । कार्यक्रममा प्रहरी प्रशासनलाई लक्षित गरी भारतबाट माल समान तसकरी , लागू पदार्थ ओसार पोसार र महिला हिंसाका घट्नाहरु विषयमा जनताले प्रमुख प्रश्न उठायो । त्यसैगरी नागरिता लिन जिल्ला प्रशासन कार्यलयमा विचोलियाले लिने घुसका विषय र स्थानिय सरकारका विकास निर्माण र सरसरफाईका विषहरु जोडदार रुपमा जनताले उठाएका छन् । नगरिक समाजले किसनालाई मल खाध भारतबाट ल्याउन प्रहरीबाट हुने समस्या कसरी रोकिन्छ ? बरिष्ठ पत्रकार चन्द्रदेव कामतीले युवा शक्ति लागू पदार्थ दरव्यशन दिन प्रति दिन बढी रहेको समस्या कसरी नियन्त्रण गर्न सकिन्छ ? त्यसैगरी युवा नेताले भन्सार कार्यलयले भारतबाट नेपालका नागरिकाले कुन– कुन समान कति मोल बारबरका ल्याउन मिलने वडापत्र व्यवस्था किन गर्न सकिएको छैन् ? यस्ता कायृक्रम स्थानिय सरकारमा किन हुदैन् ? जस्ता प्रश्न उठाउनु भयो । जनाताले उठाएका प्रश्नका जवफा जिल्ला प्रहरी कार्यलय प्रमुख उमा प्रसाद चर्तुवेदीले सहज र सरल ढङ्गबाट लागू पदार्थ प्रहरी मात्रले नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि समाजका नागरिका समाज, बुद्धिजिवि र गैर सरकारी संस्थाहरुले अभियानकै रुपमा स्थानिय स्तरमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने छ । लागू पदार्थ दुरव्यशन तथा ओसार पोसार गर्नेका बारे जानकारी समाजले प्रहरीलाई दिई सहयोग गर्नु पर्ने छ । यस्ता कारोवारमा पक्राउ परेकालाई कसैले छोडाउन दबाब नदिइए नियन्त्रण सम्भव हुन्छ । यसका लागि सबैले आफनो जिमेवारी निर्वाह गर्न जरुरी रहेको छ । किसनाहरुलाई भारतबाट समान ताथ मल खाध ल्याउन भईरहेका समस्या प्रति हामीलाई पनि चिन्ता छ । तर किसन भनि दैनिक रुपमा समान ल्यउन छुट दिन मिल्दैन् । यसका लागि वडा कार्यलय तथा स्थानिय सरकारबाट सिफारिस लिई एक चोटीका लागि थोरै समान कुनै प्रहरीले रोक्दैन् । किसनले पनि तसकरहरुलाई सघाउने जस्तो कार्यमा नलागि आफनो समस्या समाधान गर्न चाहे प्रहरी सहयोग गर्न तयार रहेको छ । गाडी दुर्घटना मुदामा सानो गाडी ठोकेपनि ठुलो गाडीलाई नै करवाही हुने सम्भावन बढी हुन्छ । ठुलो गाडीवाला बढी समसयामा पर्छन् । त्यसैले यसका लागि घट्ना भएको स्थानलाई सुरक्षित राखने नभए घट्ना भएको ठाउँको फोटो तानी राखियो भने कनूनमा देखिने दोषिलाई करवाही हुन्छ । विधालयको परिक्षा संचालन जस्ता विषयमा दलालहरुले विधालयहरुबाट एस.पि.को नाममा लिन पैसा बारे हामीलाई जानकारी गराउनु भए करवाही गर्छु । जिल्ला प्रशासनको घुसका विषयमा जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले भन्नु भयो कार्यलयमा सबैलाई देखिने गरी बोर्ड राखिएको छ । उक्त बोर्डमा स्पष्टसँग मैथली र नेपाली भाषामा स्पष्टसँग लेखिएको छ कि कुनै कार्य गराउँदा कार्य वापत कुनै पनि शुल्क लाग्दैन् । तर पनि कार्यलय छेउ छेउमा पैसा लिई कार्य गराई दिन दलालहरु छन् । उनीहरु सेवाग्रहीबाट पैसा लिई कार्य गराई दिन्छ । जनतासँग अनुरोध छ कसैले तपाईसँग पैसा लिएको छ भन्ने मलाई जानकारी गराउनु तपाईको कार्यमा कुनै प्रभाव पदैन् । म तपाईलाईका पैसा दिलाई दलाल माथि करवाही गर्छु । त्यो दिन म नभेटे भोली पल्ट आउनु । मलाई फोनमा जानकारी गराउँनु करवाही हुन्छ । भारतका सिमामा बिक्री गरिरहेका रक्सी पसलहरुका लागि करवाहीका लागि कार्य भईरहेको छ । धेरै ठाउँमा करवाही पनि भएको छ । नागरिकता र लाल पूर्जाका आधारमा किसनलाई मल खाध अउन दिनु पर्छ सिरहा नगरपालिका मेयार असेश्वर प्रसाद यादबले बताउनु भयो । सरसरफाई स्थानिय सरकारको मुल समसया भईरहेकोले यसलाई समाधानका लागि स्थानिय सरकारले चेतना र व्यवस्थापनका लागि कार्यक्रम ल्याई समाधान गर्न तयार छ । यसका लागि जनता पनि आफनो जिमेवारी निर्वाह गर्न जरुरी रहेको मिर्चौया नगरपालिका मेयर श्रावण यादबले बताउनु भयो । प्रदेश नं. २ का आठ जिल्ला भारत सँग सिमाना जिडिएका छन् । यसमा अवसर र चुनौती पनि धेरै छन् । तर नेपाल प्रहरी देश र जनताका लागि कार्य गर्नु पर्छ । हाम्रो प्रहरीमा पनि बरदी लगाएका तसकर पनि छन् । हामी सब भन्दा पहिले यि तसकरलाई ठिक पार्छाै । हामीसँग कम जनशक्ति छन् । तर धेरै जन शक्ति भएमा मात्र सुरक्षा हुदैन् । यसका लागि तपाई जनता पनि बिना बरदीका प्रहरी हुनु हुन्छ । हामीलाई तपाई त्यो प्रहरी र अशान्त मचाउनेका बारे जानकारी दिनुस् । हामी ठिक पर्छौ । यस प्रदेशमा लागू पदार्थ दुरव्यसनका क्रियाकालाप दिन प्रति दिन बढी रहेका छन् । यसका लागि प्रहरी मात्रले नियन्त्रण गर्न सक्दैन । तपाईले पनि आफनो छोराका लागि विलासिता गाडी भन्दा शिक्षामा जोड दिनुुस् । समुदायि प्रहरी कार्यक्रम पनि प्रदेशमा रहेका यि यस्ता समस्या सामाधानका लागि तपाईहरुसँग मिलेर नियन्त्रण गर्नका लागि भएकोले तपाईको सकारात्मका भुमिका रुपमा सहयोग गर्नु पर्छ प्रदेश प्रहरी कार्यलयको प्रमुख प्रधुम कुमार कार्मिले अनुरोध गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved