मालारानीकाे जंगलमा भीषण आगलागी,मानवीय तथा पशुचौपायकाे क्षति दिपेन्द्र

  • चैत २५, २०७७
  • १३६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री ,२५ चैत्र-अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नः२ र ३ काे जङ्गलमा आगलागी भएको छ। दुईदिन देखि वन र खरेनमा आगलागी भएको हो। जंगलमा हिज अर्थात २४ चैत्रमा आगलागी भएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि अाज आगलागी भएको ईलका प्रहरी कार्यलय खनले जनाएको छ। भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भए पनि अहिले अागाे नियन्त्रणमा अाएकाे प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयाे। मानव बस्ती नजिकैको दूरीमा आगलागी भएको थियाे ।अागाे बाट उक्त स्थानका २४ वटा घर सम्म जाेखिम रहेका थिए। तर सबैकाे पहलमा अहिले जाेखिम मुक्त रहेकाे उहाँले बताउनुभयो । आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति भएको छ। स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि ,शिक्षक लगायत स्मार्ट युवा क्लबकाे टोली आगो निभाउन खटिएको मालारानी गाउँपालिका वडा नः३ का वडा सदस्य शाेभाखर खनालले जानकारी दिनुभयाे ।उक्त भेगकाे अनुमानीत १५० राेपनी जमिनमा अागाे लागेकाे उहाले बताउनुभयो । यसभन्दा अघि उक्त भेगकाे जङ्गलमा यस्ताे किसिमले आगलागी नभएको स्थानीय भागिरत खनालले बताउनुभयो अागाे नियन्त्रण काे लागि लागिरहेका स्थानीय एक जना व्यक्ति घाइते सम्म भएका छन्। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन,उहाले भन्नू भयाे कस्ले जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण वनमा रहेका जडिबुटी ,वन्यजन्तु ,काठ लगायत जनावरको विनाश भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...