नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः शर्मा बिजयी

  • चैत २७, २०७७
  • ५९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 उर्मिला यादव यात्री चैत २६ नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः हरी शर्मा बिजयी हुनु भएको छ । बुधबार भएको निर्वाचनको मतपरिणाम अनुसार शर्माले ४८ मत प्राप्त गर्दै आफ्ना चिरप्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीलाई ७ मतको अन्तरले पराजीत गर्नुभएको हो । भने प्रत्यासी सुवेदीले ४१ मत प्राप्त गर्नुभएको थियो ।यस्तै गरी उपाध्यक्षमा अनिल कुमार यादव, महिला उपाध्यक्षमा मालती न्यौपाने , सचिवमा राजकुमार रेश्मी , कोषाध्यक्षमा प्रकाश न्यौपाने सहसचिव खुलामा जीवन न्यौपाने, समाबेशी सहसचिवमा श्याम बुचा मगर निर्वाचित हुनु भएको छ । यस्तै गरी महिला सदस्यमा उर्मिला यादव निर्बिरोध हुनु भएको छ भने आदिवासी जनजाती सदस्यमा आरती राना, दलित सदस्यमा इन्दिरा वि.क., मधेशी सदस्यमा , अनिल यादव, निर्वाचित हुनु भएको छ । यस्तै गरी खुला सदस्यहरुमा गौरी शंकर जयसवाल , दिपक खनाल , बिकाश अधिकारी , पप्पु रेग्मी निर्वाचित हुनु भएको छ । यस्तै गरी राष्ट्रिय केन्द्रीय परिषद खुला सदस्यमा टिकाराम गैरे, राष्ट्रिय केन्द्रीय परिषद सदस्य समाबेशीमा संजय कर्ण , राष्ट्रिय केन्द्रीय परिषद महिला सदस्यमा कल्पना भट्टराई, प्रदेश परिषद सदस्यमा ताराचन्द्र वर्मा, लक्ष्मि हरिजन, खुलराज पौडेल निर्वाचित हुनु भएको छ । निर्वाचित सबै सदस्यहरुलाई विहिबार नै एक कार्यक्रमका बीच प्रमाण पत्र हस्तान्त्रण गरिएको छ । कार्यक्रममा प्रतिवद्धता मन्तव्य नव निर्वाचित अध्यक्ष हरि शर्मा र उहाको पत्यासी पुरुषोत्तम सुबेदीले गर्नु भएको थियो । यस्तै गरी शुभकामना मन्तव्य पूर्व सभापति केशव पराजुलीले व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ पश्चिम नवलपरासीको निर्वाचन आयुक्तको रुपमा कुल प्रसाद शर्मा, सदस्यहरुमा बाबुराम खड्का र धन शर्मा जैसी रहनुभएको थियो। निर्वाचित कार्य समितिको कार्यकाल तिन वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...