चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप कम प्रभावकारिताको भएको खुलाशा

  • चैत ३१, २०७७
  • ७११ पटक पढिएको
  • Ram Pukar Yadav
alt

एजेन्सी । चीनका स्वास्थ्य अधिकारीले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप कम प्रभावकारिताको भएको खुलाशा गरेका छन् ।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप प्रभावकारिता कम भएकाले अन्य खोपसँग मिलाएर प्रभावकारिता बढाउने बताए ।

चीनले हालसम्म विश्वमा लाखौ डोज खोप निर्यात गरिसकेको छ ।

‘प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा हामीले फरक प्रविधिबाट बनेका फरक खोप पनि प्रयोग गर्ने कि भन्नेबारे अहिले औपचारिक रूपमा विचार गर्दैछौं,’ फूले भने।

ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको कोरोना खोपको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै देखिएको थियो। यता, बायोटेकले बनाएको फाइजर खोपको प्रभावकारिता भने ७९ प्रतिशत देखिएको थियो ।

चीनमा चार वटा कम्पनीहरूले कोरोनाभाइरसविरूद्धका खोप बनाएका छन्। स्वदेशमा उत्पादित खोप अहिलेसम्म १६ करोड बढी चिनियाँहरूले लगाइसकेका छन्। चीनले नेपाललाई पनि अनुदानमा खोप दिएको थियो ।ईमेजखबर

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...