ज्ञानेन्द्रले हरिद्वारमा शाही स्नान गर्दै ‘हाइप्रोफाइल’ राजनीतिक भेट हुने

  • वैशाख २, २०७८
  • ४२० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं– महाकुम्भ मेलामा शाही स्नानसहित प्रमुख अतिथिका रुपमा पुगेका राजा ज्ञानेन्द्र शाहसँग नयाँ दिल्ली फर्किनासाथ त्यहाँका हाइप्रोफाइल राजनीतिज्ञले भेटवार्ता गर्ने दाबी गरिएको छ।

भारतीय संस्थापनका अधिकारीहरूसँगै कांग्रेस आईका उच्च तहका नेतासँग ज्ञानेन्द्रको वार्ता हुने बताइएको छ। भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, कांग्रेस आईका नेता करण सिंहलगायतले ज्ञानेन्द्रसँग वार्ता गर्नेछन्।

अनौपचारिक भेट वार्ता हुने भएका कारण यसको कुटनीतिक पुष्टिचाहिँ हुन सकेको छैन।

सोमबार ज्ञानेन्द्रले हरिद्वारमा शाही स्नान गर्दैछन्। यसपछि उनी बुधबार नयाँ दिल्ली फर्किने बताइएको छ। नयाँ दिल्लीस्थित एउटा फार्म हाउसमा बसेका उनी पच्नी कोमल शाहसँगै भारत भ्रमणमा गएका थिए।

ज्ञानेन्द्रको उच्चस्तरीय अनौपचारिक वार्ताको मध्यस्तता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मिलाएको बताइएको छ। उनकै आग्रहका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदी बाहेकका भाजपाका उच्चस्तरीय नेताले ज्ञानेन्द्रसँग भेटवार्ता गर्नेछन्।

आदित्यनाथ विश्व हिन्दु महासंघ, हिन्दूत्व र राजसंस्थाको वकालत गर्ने भारतीय राजनीतिज्ञ तथा मुख्यमन्त्री हुन्। उनी मोदीका सन्निकट मुख्यमन्त्री मानिन्छन्।

यता ज्ञानेन्द्रको सचिवालयले भने यस्तो भेटबारे जानकारी नभएको जनाएको छ। कुम्भमेलामा निम्तो आएका कारण त्यहाँ पुगेर आतिथ्यता ग्रहण गर्ने औपचारिक कार्यक्रमबारे खुलाएको सचिवालयले अनौपचारिक कार्यक्रमबारे जानकारी नभएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...