पश्चिम नवलपरासीमा तीन लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

  • वैशाख ३, २०७८
  • ४०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बैशाख २ उर्मिला यादव यात्री सुनवल जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीबार करिब तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई राखेको साडी, सर्ट, पाईन्ट लगायतका कपडा साथै चेन, हुक लगायतका बिभिन्न टेलरका सामान बर्दघाट नगरपालिका वडा नम्बर. १२ भटौलियाबाट बरामद गरेको हो । बरामद भएका सामानको अन्दाजी मुल्य तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामान बिहीबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...