बंगलादेशमा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

  • वैशाख ५, २०७८
  • ३८० पटक पढिएको
  • Ram Pukar Yadav
alt

ढाका । बंगलादेशको चटगाउँ क्षेत्रको बाँशखलीस्थिति चिनियाँ जोइन्ट भेन्चरको कोइला उद्योगमा गोली चल्दा पाँच जना मारिएका छन् ।  उक्त गोलाबारीमा करिब १५ भन्दा बढी कामदारहरु घाइते भएका छन् । 

मुस्लिमहरुको महान चाड रमजान मनाउनका लागि आफ्नो काम गरेको बक्यौता ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारहरुमाथि गोली चलाइएको हो । 

चटगाउँ रेन्जका डिप्टी इन्सपेक्टर जनरल अन्वर हुसेनले भने, "मृत्यु हुनेमा चुआडांगाका रोनी, किशोरगञ्‍जका मो. राहाद, नरसिंगीका शुवो, बन्शाखलीका महमूद रजा र नोआखलीका रायहान रहेका छन् ।" 

'रायहान' को चटगाउँ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका ड्युटी डा. फ्यासल करीमले बताइन् । 

डीआईजी हुसेनका अनुसार बाँशखलीको गण्डमारामा कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टमा काम गर्ने कामदारहरूले रमजान मनाउनका लागि आफ्नो बाँकी रकम दिनुपर्ने माग गर्दै शुक्रबारदेखि प्रदर्शन गरिरहेका थिए । 

रमजान आउनुअघि नै आफूहरुलाई आफ्नो बाँकि ज्याला नदिएको भन्दै असन्तुष्ट कामदाहरुले माग पूरा नभएको र मजदुरका नेताहरुले पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै धर्ना दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...