सतासिन सरकारले मधेशलाई कहिल्यै रुचाएनन । समृद्धि र सुशासानको अनुभुति बाट जनता वञ्चित

  • वैशाख ६, २०७८
  • ८८६ पटक पढिएको
  • राम पुकार यादव
alt

देशको भौगोलि स्वरुप स्थिर रहे पनि राजनितिक स्वरुप फेरिएको छ ।नेपाल स्थित मधेशि हस्तीनापुर लुटेरै छोडने सोच बनाएका सतासिन सरकार भाई भाई बिच दल दल, दल दल बिच द्धन्द्ध सृजना गराउने खेल बाट पछि हटेका छैनन । उनले मधेशलाई कहिल्यै रुचाएनन ।उनले मधेश रुचाउनेहरुलाई सदैब फोडेर राख्न प्रयत्न गरे ।

मधेशी,दलित आदिबासि जनजाती मुस्लीम पिछिडिएको तथा सिमान्तकृत समुदायहरुको मुदाहरुमा केन्द्रित रहने दलहरुको स्थिरता पार्टिगत सम्बन्धमा आँच पुगाउने धन्धा गरे । जो लोकतन्त्रका अभ्यास बिरुद्धका सरकार सतासिन सरकार रहेको चौतर्फि चर्चामा छन ।आफानो सता स्वार्थका कारण बिदेशि शतिmहरुको पुजारि हुदै आएका छन ।दशे र जनता भाँडमा किन न जायोस नियत बसालेकाहहरु प्तिगामि चरित्रमा लिप्त भएका छन ।

आमा नमरुन्जेल गर्भ बाहिर ननिस्कने गँगटोको बच्चा जस्तै जानताको कर र पसिना बाट पालिएका एकाधिकारि सरकार र पसनाको रुपमा प्रयोग हुदै आएका मधेशबादि दल र नेताहरु पनि कहिले जनतामुखि बन्ने छन ?सपना भएका छन । राजनिती, बेमोैषमी राजनिति उथलपुथल बाट देशमा गम्भिर बदलाव देखिएको छ । पार्टि पार्टि बिचको द्धन्द र राजनितिक नेताहरु बिचको अन्तर कलहले सिगों देशको जनताले नै नेता र उनिहरुको राजनिति शैलिमा गर्नु पर्ने बिश्वास बाट जनता टाढिएको देखिन्छ । जनताले नेतृत्व वर्गको स्वच्छ राजनितिमा बिश्वास जमाउने हो । 

देशको बदलिदो राजनितिका कारण हालको राजनितिमा नेतृत्व वर्ग माथिको बिश्वाश जनतामा नरहेको देखिन्छ । सतासिन सरकारको प्रतिगामि रबैयाले कुहिदै गएको नेपालि राजनिति लोकतन्त्रलाई उपहास उडाएको छ ।पार्टि पार्टि बिचको दलिय खेल त्यसमा पनि सतासिन सरकार र राज्यले चेक एन्ड ब्यालेन्सको रुपमा राखेको मधेशबादि दलहरु पेन्डुलम घडि जस्तै उतर पशिच्म गर्न बाट फुर्सद पाएको छैन ।

मुदा एकातिर सता स्वार्थ अर्कातिर । सरकारलाई खाँचो पनि त्यसकै ।मधेशबादि नेताहरुको इच्क्षा आंकाक्षा पनि त्यहि। यस अबस्थामा दलहरु बिचको सम्बन्ध खचाखच रहने कुरै देखिदैन। जनताको लागि को ?जनता कसका लागि ?प्रश्न उठनु स्वभाबिक हो ।

नेपालि राजनितिमा सदैेब आफनो बर्चश्व कायम राख्न सतासिन सरकारले मधेशमा पार्टिहरु बिच लडाउने र त्यसबाट मन्थन भै आएका रस चुम्बन गर्ने प्रबृति फुटाउनु र राज्य गर्नु बाहेक के पनि होइन ।यस प्रबृतिका पक्षधरहरुले सन्तुलन र परिक्षनको रुपमा प्रयोग भैरहेको मधेशबादि दलहरुको बाट कहिले पुर्व राजपा त कहिले पुर्व समाजबादि जनमत पार्टिलाई प्रमोशन र डिमोशनको रुपमा अगाडि सारेको खेल एकल शाशन पद्धतिको रुप त हो ।

राज्य संचालन गर्न यस अबस्थामा गरिबिको रेखामुनि रहेको नेपालि जनता समृद्धि र सुशासानको अनुभुति बाट वञ्चित रहेको प्रष्ट छ । बिगतमा राजाको निरंकुशता, राणा कालमा उनिहरुको जहाँनिया शासन शैलि बाट शोषित पिडित कोमल नेपालि जनता यतिखेर पनि पुर्ण रुपले लोकतन्त्रको खुला साँस फेर्न गाहो्र महशुस गर्नु सतासिन सरकारको राजनिति पद्धति र शैलि निरंकुश रहेको अनुभुति जनताले आत्मसात गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...