पश्चिम नवलपरासीमा गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ

  • वैशाख ६, २०७८
  • ६४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला  यादव यात्री बैशाख ०६ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरेनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका छन । प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय नम्बर प्लेट यु पी ५७ एजेड ५०१९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुस्ता गाँउपालिका वडा नम्बर ५ तरेनी बस्ने भेडियार पालको साथबाट एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल सुस्ता गाँउपालिका वडा नम्बर ५ रामनगर ४ नम्बर ठोक्करबाट फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...