४० बर्षको शिक्षण अवधि पश्चात सम्मानको साथ प्र.अ.को विदाई समारोह सम्पन्न

  • भदौ ६, २०७६
  • २१५९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷प्रदेश टाइम्स दैनिक, ०६ भदौ,बिष्णुपुर । शिक्षण पेशामा अनवरत रुपमा विगत ४० बर्ष देखि खटिदै आएको जनता माध्यमिक बिदालय राजपुरका प्रर्चाय रामसेवक यादवलाई सम्मानको साथ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

68703383_1363839580432372_7302827193690750976_n शिक्षण पेशामा संघर्ष गर्दै प्र.अ. यादवले जागिरे जिवनको सुरुवात २०३६ साल देखि सिरहाको महनौर निम्न माध्यमिक बिदालय बाट गरेको हो ।प्र.अ.यादव २०४१ मंसिर देखि २०४३ सम्म तत्कालिन नि.मा.बि कुश्हा लक्ष्मिनियामा र २०६३ भदौ देखि २०५४ अषाढ सम्म दहिपौडिमा कार्यरत रहनुभयो ।वहांले २०५४ भदौ देखि २०५६ फाल्गुन सम्म ज.से.वि मा.बि.कबिलासीमा र २०५६ देखि २०६३ कार्तिक सम्म सिरहाको बल्ही मा.बि मा कार्यरत रहदै २०६३ मंसिर देखि हाल २०७६ भदौ ५ गतेमा जम्मा १३ वर्ष श्री जनता मा.बि राजपुरमा आफना जागिरे जिवनको ४० बर्ष अवधी पुरा गरी सेवा निवृत हुनुभएको छ ।

68756254_1363839793765684_2272493030541885440_n शिक्षण पेशामा रहदै प्र.अ.यादवले तत्कालिन जिल्ला शिक्षा समिति बाट दुई पटक र राष्ट्टिय शिक्षा पुरुषकार बाट २०६५ सालमा एक पटक पुरुस्कृत भएका थिए । डबल डिग्रि गरेको प्र.अ. यादव एम.एड मा क्याम्पस टप नै भएका थिए ।

पा्रचार्य यादवको लागि बिदाई कार्यक्रम

दक्ष र कुशल प्रशासकको भुमिका निर्वाह गरेको प्राचार्य राम सेवक यादवले बिदाई समारोहमा आफना मन्तव्य राख्दै शिक्षण पेशामा गरेको सघंर्ष र आफना कार्यकालमा बिदालयमा भएको आमुल परिवर्तनको बारेमा सुझाएका थिए ।वहांले आफना कार्यकालमा ज.मा.बि राजपुरमा धेरै नै प्रगति गदिएको र सो लाई आज छोडनु परे पछि आहट आएको बताए । वहाँले बिदालयको सम्पुर्ण जिम्मेवारी आज शिक्षक जागेश्वर कामति लाई दिदै छु र वहाँले पनि म जस्तै बिदालयको कुशल व्यबहार गर्नुहुने छ ।आशा व्यक्त गरेका थिए । वहाँले हाल रहेको व्यबस्थापन समितिको पुर्णता मिलोस आशा राख्दै बिदालयको प्रगतिको कामना गरेका थिए र्।ै बिदालयको नासाकोे रुपमा शिक्षक जागेश्वर कामतिलाई राखेको छु भन्दै अब भित्र बाट शब्द निस्किन कठिन महशुस भएको छ आँखामा आँशु भरेका थिए ।वहाँले यो दिन अविस्मरनिय एतिहासिक नै रहेको बताए ।

कार्यक्रममा जम्घट

कार्यक्रमलाई सोभाका साथ सफल पार्नको लागि बिदालयका बिदार्थीहरु देखि लिएर सिरहाका बिभिन्न शिक्षक बुद्धिजिवि समाजसेवि अविभावक,पत्रकार राजनितिकर्मीहरु तथा सिरहा शिक्षक महासघंका पदाधिकारीहरुको उपस्थििती रहेको थियो ।प्र.अ को बिदाई समारोह कार्यक्रममा भु.पु.अध्यक्ष कुशेश्वर यादव,बि.व्य.स.का भुपु अध्यक्ष तथा कृषि शाखा बिष्णुपुरको अध्यक्ष शिवशंकर,दहिपौडि मा बि का शिक्षक घुरण यादव, युवा नेता रामपुकार यादव,कृष्ण साह राजनितिकर्मी रामकुमार यादव,श्री ज.व.न मा.(प्रा) बि.का प्र.अ.रामइश्वर यादव,शिक्षक धनिक लाल मण्डल र शिक्षक महासघं सिरहाका अध्यक्ष देवकुमार यादव,सघंकै सचिव र सदस्य क्रमश राजकिशोर यादव ,शत्रुधन यादव लगायतले मन्तव्य राखेका थिए ।बिदाई समारोह कार्यक्रमको प्रमुख अतिथी बिष्णुपुर गाँउपालिकाको अध्यक्ष जागेश्वर यादव रहेतापनि कुनै बिषेश कामले आउन नसकेपछि कार्यक्रमको प्रमुख आतिथ्य बिष्णुपुर गाँउपालिका वडा न. २ को अध्यक्ष राम इश्वर यादवले गरेको थियो ।कार्यक्रम संचालन बिदालयकै शिक्षक प्रदिप कुमार यादवले गरेको थियो भने सभापतित्व बिदालय व्यबस्थापन समितिका सदस्य रामकुमार यादव(प्रदिप)ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...