आफ्नै अस्तित्व पहिचानको लागि लडदै आएका थारु मोर्चाको राष्ट्रिय सम्मेलन तयारी पूरा

  • वैशाख १०, २०७८
  • ३६९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सरिता सिंह ( जुनि ) । कसैलको अस्तित्व मेटाउनु छ भने उसको भासा , सस्कृती माथी पहिले प्रहार गर्नु पर्छ त्यो समुदायको अस्तित्व स्वतह समाप्त हुन्छ । नेपालमा यहि कुरा प्रमाण पेश भैइ रहेको छ । नेपालमा राणाकाल देखी राजतन्त्र , प्रजातन्त्र र सङ्हिय लोकतान्त्रिक गणतन्त्र आउँदा सम्म यहि भएको छ । नेपालका भुमी पुत्र रहेका थारुहरु दोहोरो दर्जाको नागरिक हुने भनि प्रमाण सत्तामा रहेको खस मानिसिकता बोकेकाहरुले भन्दै आएको छ । जबकि थारुहरु नेपालका असली भुमीपुत्र हुन थारु अगुवाहरुले बताउदै आएका छ्न । वर्तमान अवस्थामा पनि देशमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी एकीकरण गरे देखि अहिले प्रधानमन्त्री रहेका केपि ओलिले समेत विभेद नै गर्दै आएको गुनासो रहेको छ । अब सत्ता जाने त्रासका केही सम्झौता हुँदै छ भने अहिले थारु जातीहरु पहिचानलाई समाप्त पार्न तिनका नेता कार्यकर्तालाई हत्यारा भन्दै जेलमा कोचिने काम गरि रहेको छ । विभिन्न अगुवा थारु नेताहरु माथी हत्या , आन्दोलन , बिद्रोह का मुद्दा लगाई कति जेलमा त कतिको नाममा फर्जी मुद्दा  लगाईएको छ । अब थारुहरुको लागि लडाइँ गर्ने अवस्था आएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले देश भर बिरोध सभा , आमसभा गर्ने तयारी गरि रहेको छ । बिरोधसभाका साथै आफ्नो जातीय पहिचानका निमित्त राना समुदायको होरि , झिझी नाच , डगौरा थारुहरुको दशैया पैया , छोकरा , मघौटा , लट्टाउहाँ , मुङ्रा , लाखे नाच , सहितको नृत्य प्रदर्सन आमसभाको तयारी पूरा गरेको छ । आउँदो बैशाख २० गते कंचनपुर जिल्लाको बेलौरी नगरपालिका -२ गोकुलपुर बजारको खुल्ला मन्चमा मोर्चाले बृहत राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमा अनु चौधरी , सोमती थारु , समिक्षा दहित , मनिराम चौधरी लगाएतको स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने आयोजकले जनाएको छ । उक्त सम्मेलनबाट २१;गते बन्द शत्र र घोषणा सभाको समेत हुने छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य तथा कार्यक्रमको आयोजकका तर्फ प्रेमवति रानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...