ओलीको गृहनगर दमकमा सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी वस्तीमा डोजर चलाइए

  • वैशाख १९, २०७८
  • २५३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

 दमक । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी वस्तीमा डोजर चलाइएको छ । शुक्रबार घर भत्काइएपछि दमक– ७ हाटखोला र पञ्चमुखीमा बसिरहेका २० परिवार सुकुम्बासीको उठीवास लागेको छ । झन्डै चार दशकदेखि बसिरहेका उनीहरूको व्यवस्थापन गर्न नगरपालिकाको चासो छैन।

सुकुम्बासीलाई घरविहीन बनाएर नगरपालिकाले हाटखोलामा ४० करोड लागतमा साततले ‘सपिङ कम्प्लेक्स’ बनाउँदै छ । त्यसको डिपिआरसमेत तयार भइसकेको दमकका मेयर रोमनाथ ओलीले बताए । पञ्चमुखीमा पनि व्यापारिक भवन बनाउने नगरपालिकाको योजना छ ।

नगरपालिकाले सुकुम्बासीका घर भत्काउने सूचना १५ दिनअघि जारी गरेको थियो । तर, प्रतिकार हुने डरले शुक्रबार बिहान करिब सयजना नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दुवै बस्तीमा खटाइयो । र, कडा सुरक्षाबीच तीनवटा डोजर लगाएर सुकुम्बासीका घर भत्काइए । ‘वैकल्पिक व्यवस्था हुनुपर्छ’ भनेर आवाज उठाउने बस्तीका ६ जनालाई बिहान पक्राउ गरेर साँझ मात्रै छाडिएको छ ।

हाटखोलामा १५ र पञ्चमुखीमा पाँच घर भत्काइएका छन् । निरीह सुकुम्बासी आफ्ना घर भत्काएको टुलुटुलु हेर्न विवश भए । ३५ वर्षदेखि हाटखोलामा बसिरहेका मिठु तामाङ अन्तिमसम्म घरजग्गा नछाड्ने अडानमा थिए । त्यही भएर छिमेकी र परिवारका सदस्यले सम्झाउँदासमेत उनले घरभित्रको सामान निकालेका थिएनन् । तर, राज्यका सामु उनको केही चलेन । ‘हामीले न्याय कसरी पाउने रु ०४२ सालदेखि यहाँ बसिरहेको छु । अहिले आएर नगरपालिकाले प्रहरी लगाएर लखेट्ने रु’ मिठुले भने, ‘यो सरकार कसका लागि हो ?’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...