आफुलाई प्रधानमन्त्री बनाईदिन भट्टराईले केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको महेश बस्नेतको खुलासा

  • जेठ १, २०७८
  • ३५२५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् । भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ ।

उनले भने-“यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस । त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो । त्यसपछि प्रधानमन्त्रीले के भन्नुभयो अरे भने मेरोविरुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि ? तपाईँबाहेक को छ तपाईको प्रतिनिधि ?”

आज अपरान्ह प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने महत्वकांक्षा रहेपनि त्यो चाहना पूरा हुन नसकेको पनि उनले बताए । उनले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...