होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्‍यो

  • जेठ १८, २०७८
  • ४६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ थियो ।

यस्तै जेठ १२ गते १ लाख ८ हजार ६२०, जेठ ११ गते १ लाख ८ हजार ४२८, जेठ १० गते १ लाख ८ हजार ७१, जेठ ९ गते १ लाख ८ हजार १९८ र जेठ ८  गते १ लाख ८ हजार १०३ जना होम आइसोलेसनमा थिए । जेठ १३ पछि होम आइसोलेसनमा बस्नेको संख्या घट्दै गएको देखिन्छ । त्यस दिन १ लाख ५ हजार ४४४ जना होम आइसोलेसनमा थिए भने जेठ १७ गते ९९ हजार १३२ जना थिए ।

पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको र संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढी भएकाले होम आइसोलेसनमा बस्नेको संख्या घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...