स्वदेशमै मिहिनेत गर्न जान्यो भने खाडी धान्नु पर्दैन

  • जेठ २३, २०७८
  • ६१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / बिरेन्द्र प्रसाद नेपाल लहान २२ ,जेष्ठ । लहान नगरपालिका वार्ड नं. १ स्थित एक किसानले पशुपालन गरि बार्षिक ५००००० ( पाँच लाख ) भन्दा भन्दा बढी आम्दानी गर्दै पत्रकार संग भने स्वदेशमै मिहिनेत गर्न जान्यो भने खाडी धान्नु प्रदैन स्थानीय बिरेन्द्र यादवले व्यवसायिक बाख्रा, भैसी र गाईपालन मार्फत वार्षिक पाँच लाख आम्दानी गर्दै आएका हुन् । यादवको साविकको घर लहान नगरपालिका वार्ड नं.२३ गाढा गाउँमा हो । त्यहा बिरेन्द्र यादवको पुर्खाहरुले नै भैसी पालन गर्ने परम्परा नै बनाएकोले गाउँमा पनि भैसीको दुधवाट निकै राम्रो आम्दानी भैरहेकोले वर्षमा खर्चबर्च कटागरी गाई, भैसी र वाख्रा पालनवाट बार्षिक पाँचलाख आम्दानी गर्दै आएको यादवले बताउनु भएको छ । तिन वर्ष देखि पशुपालन गर्दै आएका यदव आफ्नो निजी लगानी लगाउँदै आएको छ । पुजी बढाउन कठिनाई भएको छ तर सरकारले पशुपालनको लागि ऋणको सुविधा दिएको छ तर ऋण सजिलो तरिरकावाट लिन नपाएकोले पशुपालनलाई फस्टाउन नससकेर युवाहरुलाई रोजगार समेत दिन नसकेको गुनासो गरेको छ यादवले । पशुपालनलाई व्यवस्थित गरी स्वरोजगारमूखी बनाउने उद्येश्यले फर्म दर्ताको प्रोसेसमा छ । सुरुवाती चरणमा एकवाटा गाई र चारवटा बाख्रा किनेर पशुपालन व्यवसाय शुरु गरेका यादवले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन । हाल उनले २० वटा बाख्रा संगै चारवटा तिनवटा गाई पालेका छन् । बाख्राबाट वर्षिक दुई देखि तिन लाख आम्दानी गर्दै आएका यादवले गाईभैसीको दूध बेचेर वार्षिक २ लाख देखि माथि आम्दानी गर्दै आएको उनले बताउँदै भने अहिले डेरीहरु खुलेकोले दुध बिक्री गर्न समस्या आएको छैन र गाईलाई गाउँवाट ल्याएको पराल, भुसा र हरियो घासपात खुवाउनमा कमी नगरिएकोले मेरो गाईले दिएको दुधको फयाट मापन गर्दा भैसीको दुध भन्दा अलिकती कम भए पनि स्वाद मिठो छ । गाईको दुधले शरिरलाई बढी फाईदा गर्ने भएकोले गाईको दुधको माग वढदै गएको समेत यादवले सुनाए । उहाँले तिन वर्ष पहिला एक जनाले भारातको पटनावाट ल्याएको जर्सि गाई किनेर त्यसका बच्चाहरुवाट अगामी दिनमा राम्रो आम्दानी दिने आश राखेको छ । पशुपालनको शूरुवातीमा किनेको गाईले अहिले पनि एक पटकमा १२÷१३ लिटर दुध दिन्छ उनले भने, बाख्रा पालन गर्न उनले हाईव्रिडका बाख्रा पालेका छन जुन बाख्राले एक पटकमा तिनवटा बच्चा दिने गरेको ले तिन वर्षमा २० वटा बोकाहरु पालन सफल भएको छ । किसानी पेशाको शिलशिलामा सानै उमेर देखि आफना बुवासँग खेतीपाती र पशुपालनमा परिश्रम गरेको अनुभव उनी सामु छ । अनुभवकै कारण यादवले आफना श्रीमतीलाई अहिले घरकै पशुपालनमा स्वरोजगार बनाएको छ । उहाँको श्रीमतीलाई पशुपालनमा तिन वर्षको अनुभव भएकोले अहिले रोजगार आफनै घरमा भएकोले खुशी महसुस गरेको छ । यादवले भने मेरो श्रीमतीले गाईको दुध दुहने, गोठलाई सरसफाई गर्ने, दाना पानी खुवाउने, घास काटेर ल्याउने जस्ता कार्यका व्यस्त भए पनि आम्दानी राम्रो भैरहेकोले खुशी महसुन गरी बिदेशको कमाई आफनै घरमा रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...