सरसफाई अभियान आषाढ़े बजट कार्यक्रम होइन नि .. लॉकडाउन र ऑनलॉकमा सरसफाई अभियान र अभियन्ता

  • जेठ २५, २०७८
  • ८३२ पटक पढिएको
alt

 
हाम्रो सरसफाई अभियान पूर्ण रूपमा महा -अभियानको स्वरूपमा परिवर्तित हुदैछ । हामी स्वयंसेवी रुपमा सरसफाई अभियानहरु गर्दैछौं । सरकारको आषाढ़ बजट कार्यक्रम जस्तो सरसफाई लाई बनाउन प्रयास न गरौं । काम भयो या भएन , योजना सक्यो की सकेन जस्तो नैतिक बाध्यता हामी संग छैन । बिल भुगतनी लिनु पनि छैन । आषाढै बजट न भएको ले निर्धारित तिथि र मितिमा गर्न र स्काउनु नि पर्ने कानूनी बाध्यता हामी सरसफाई अभियन्ता संग छैन । राष्ट्र र मानवताको लागि हामी गर्ने कार्य हो सरसफाई अभियान । तयहिं कारण मानवताको लागि अनुकूल समय भएको बेला मात्र समाजिक कार्य गरौ । अहिले घर बाहिर निस्किनु र भीड़ गर्नु पाप हो ।
बैश्विक महामारी कोरोनाले जनजीवन अस्त व्यस्त भएको छ । लॉकडाउनको अक्षरशः पालनाको कारण हाम्रो अभियान केहि मात्रामा प्रभावित भएको हो । कोरोना काल सम्मको लागि अभियान स्थगित एबम अभियानको स्वरूप परिवर्तन हाम्रो लागि चिंता र अभियान बिफलताको बिषय होइन बुझनु पर्ने हो ।
हाम्रो अभियानमा हामी अभियन्ता लाई लामो लामो समयको बंद हड़ताल , सार्वजनिक बिदा , दशै ,तिहार , छठ जस्तो दर्जनों आस्था ,धर्म र संस्कृतिक महत्व भएको उल्लासित दिनहरु , बरसा को झड़ी , चिसोको हस्र कठैनग , गर्मीको लु , भूकम्प आदी इत्यादि प्राकृतिक आपदा बिपदा , कर्फ्यू , नाकाबंदी , सूर्यग्रहण जस्तो समयले पनि अभियानमा शामिल हुन बाधा , अबरोध र रोक छोक गर्न सकेको छैन ।
सबै अभियन्ताको अभियान प्रतिको समर्पण र निरंतरता सरसफाई अभियान लाई राष्ट्रव्यापी र महाअभियान बनाउन उन्मुख भएको हो । अस्ति सम्म हामी बिरामी भएको बेला पनि उच्च आत्म मनोबल र राष्ट्र प्रतिको समर्पण भावका कारण अभियान स्थलमा पुग्नु नै आफ्नो सौभाग्य समझिन थिए । हाम्रो उपस्थिति भए म पनि सरसफाई को सफल यौद्धा छू भने अनुभूति हुन्थियो । साथै आफ्नो आउने संतति र पुस्ता लाई उत्साहित गर्न जूनसुकै परिस्थितिमा पनि समाजिक रूपांतरण को अभियान मा हाम्रो उपस्थिति होस र हामी शामिल हुन् प्रयास गरौ भन्ने संदेश दिन प्रयास गरथिए ।
हामी आफ्नो जीवनमा सामान्य ढंग बाट लिदै आएको रोग हरु जस्तो छींक , जोरो यानी शरीर को तापक्रम बढ़ने घटने , जिउ र घंटी दुखने , नाक ले सुगंध र दुर्गंध छुटयाउन न सकने जस्तो रोग लागेको बेला अभियान छोड़र्नु हुदैन त्यस्तो हामी प्रयास गरथिए । तर कोरोना को अनुभूति भए पछि उपर्युक्त लक्षण भएको रोग लागे को बेला अभियानमा शामिल हुनु अब पाप हो जस्तो लाग्न थाल्यो । डॉक्टरको सल्लाहमा औषधि र होम कोरेन्टीन बसेर आफ्नो दर्जनों अभियन्ता साथी लाई आफू जस्तो संक्रमित रोग न हुन दिनु जस्तो पुण्य कार्य गर्न जस्तो एउटा ठुलो नि पाठ हामी कोरोना अबधिमा सिखेको हो ।
साथै अव्यवस्थित भीड़ भाड़ पनि गर्नु हुदैन कोरोनाले सीखायो। हामी अभियानको सफलताका लागि सर्वसाधारण को अत्यधिक उपस्थिति र सहभागिताको लागि प्रयास गरथिए । भीड़ न रुचाउने भए पनि अभियानको शुरुआतमा राष्ट्रगान ,शपथ वाचन एबम समापनमा मनोरंजनात्मक कार्यको लागि भीड़ हुन्थियो । अब सरसफाई गर्ने बेला पनि झुंड बनाएर गर्ने जस्तो कार्य लाई निरुत्साहित गर्नु पर्यो । अभियानको शुरू र अंतको समारोह लाई सदैबको लागि भौतिक दूरीको पालना गर्नु पर्ने व्यवहारिक प्रयास गर्दा राम्रो हुन्छ ।
बिगत कई महीना देखि विश्व भारीका मानव जगत कोरोना जस्तो महामारीको संक्रमण ले त्रसित भएको हो । लॉक डाउन नेपालमा पनि भएको ले हामी एउटा सजग र सचेत नागरिक भएको नाता ले आफ्नो जिंदगी को प्रत्येक दिनको नित्यकर्म एबम समाजिक उत्तरदायित्व को कार्य , जस्तो सरसफाई अभियानमा लॉक डाउन को शर्त हरु अक्षरसः पालन गर्न प्रयास गरेको छू ।
अब लॉकडाउन बाट ऑनलॉक हुदैछ । ऑनलॉक भयो अब हामी घर बाट मुक्त भए , जे जस्तो गरे , रमाउनु पर्छ जस्तो खाले प्रश्न हाम्रो मनमा आउन सामान्य कुरा हो । हामी अज्ञानता र मजबूरीमा केहि गलत कार्य पनि गर्न सक्छु । तर हाम्रो सजगता र सतर्कता नि कोरोना नियंत्रणको एक मात्र मूल मंत्र हो बिरसनु पर्ने बेला भएको छैन । भक्सिन आयो भन्दैमा मूर्ख जस्तो कार्य गर्नु पर्दैन ।
शौचालय को प्रयोग , साबुन पानी ले हाथ धुने बाणी को बिकाश , व्यक्तिगत सरसफाई , घर भित्र - बाहिर र नजिकको सार्वजनिक स्थल , नदी खोला पोखरा सरसफाई एवम स्वच्छताको कुरा हामी अभियानको माध्यम ले समाजमा बिगत केहि बर्ष देखि गर्दै आएको सर्वविदित नि हो । अभियानको कारण गाउ टोल शहर नदी खोला पनि सुंदर सफा हुन थालेको हो । कोरोना काल ले 98% आबादी लाई सरसफाई प्रति जागरूक र व्यवहारिक बनाएको हो । हामी ले सरसफाईको बारेमा पढेको कितावी ज्ञान लाई पनि व्यवहारिक बनाउने काम कोरोना मजाले गर्न सफल भएको हो । सरसफाईको प्रयोगात्मक कक्षाको संचालन नै लॉकडाउन अबधिमा गर्न मानव लाई बाध्य बनाएको हो ।
औषधि को खोज न हुन सम्म कोरोना संक्रमण बाट जोगिन भौतिक दूरी , मास्क पंजा को प्रयोग , फोहर संकलन गाड़ी प्रत्येक दिन टोलमा न आएको कारण घर भित्र को फोहर आफू व्यवस्थापन , कुहीने र न कुहीने एबम प्लास्टिक जन्य फोहर वर्गीकरण , बाजार बंदा बंदी को कारण खाद्य सामग्री र साग - तरकारीको अभाव भएको ले करेसाबारीको उपयोगिता एबम कम्पोस्ट मलको उत्पादन जस्तो कार्य ले फोहरको मात्रा कम गर्न र जीवन लाई आत्म निर्भर हुन , कीटनाशक मुक्त खाद्य पदार्थको उपयोग जस्तो कुरा पनि कोरोना काल ले मजा ले सिखाएको ।
हामी सरसफाई अभियन्ताको लागि कोरोना एउटा असल साथी जस्तो भएको हो । हामी बर्षो देखि गर्दै आएको कार्य लाई कोरोना ले सहजिकरण गरिएको हो । कोरोनाले अभियन्ता र समाजको बीचमा समाजिक सम्बन्ध प्रगाढ्य बनाएको जस्तो लाग्न थाल्यो । टोलबासी को नासमझी र हठ धर्मिताको कारण अभियान लामो समय देखि हुदै आएको भए पनि लमकी राखेको थियो । कोरोनाको कारण सरसफाई प्रतिको बढ्दो जन चेतना र जागरुकताले अभियान हरुको छिटो सफलता र जिम्मेबार निकायको सरसफाई र फोहर व्यवस्थापन तिर छिटो नि ध्यानाकर्षण हुन्छ आशा जागृत भएको हो ।
हामी शुरू देखि सरसफाई अभियानको समयमा मास्क , ग्लोव्स को प्रयोग , फोहर लाई उठाउन र गाड़ी सम्म पुगाउन भौगौलिक समस्याको कारण क्रमबद्ध भई भौतिक दूरी बनाएर फोहरको सके सम्म वर्गीकरण पनि गरेर फोहर व्यवस्थापन केंद्रको फोहरको ट्रक सम्म पुगाउन , अभियानको अंतमा साबुन पानी ले हाथ मुख धुने कार्य गर्दै आएको नि हो । अब व्यक्ति- व्यक्ति र घर- घरमा यो कार्य हुदै राखेको हेरेर हामी अभियन्ता लाई उत्साहित बनाएको हो । तर लॉकडाउन खुले पछि हॉस्पिटल जन्य फोहर र प्रत्येक व्यक्ति द्वारा मास्क र ग्लोव्सको प्रयोग हाम्रो लागि एउटा चिताको बिषय भएको हो । मास्क र ग्लोव्स सृजित नया फोहरको उत्सर्जन धेरै मात्रामा हुनु फोहर व्यवस्थापनको लागि नया चुनौती जस्तो लाग्छ । अज्ञानताको कारण सड़कको किनारया सार्वजनिक स्थलमा मास्क र ग्लोव्स लाई कुरकुरे चाउ चाउ , रजनीगंधा -भोलाको खाली प्लास्टिक पैकेट जस्तो फाल्ने कार्य भए भने ठुलो महामारी को समस्या आउन सक्छ । हेर्दा मास्क ग्लोव्स सामान्य फोहर लाग्छ तर यो मेडिकेटेड , हॉस्पिटल जन्य , प्लास्टिक जन्य र संक्रमित व्यक्तिको शरीरमा प्रयोग भएको हुन सकने भएको ले फोहर उठाउने सरसफाई श्रमिक र अभियन्ताको लागि प्राण - घातक हुन सक्छ ।
मास्क ग्लोव्स जस्तो फोहर कम गर्न अबको दिनमा हामी अभियन्ता पनि डिस्पोजेबल ग्लोव्स र मास्क को प्रयोग लाई निरुत्साहित गर्ने बेला आएको हो । N - 95 जस्तो स्तरीय मास्क र लांग टाइम यूजेवल ग्लोव्सको व्यक्तिगत प्रयोग लाई प्रोत्साहित गर्नु पर्ने हाम्रो आवश्यकता हो ।
कोरोनाको कारण लाखो मनुष्यको अकाल मृत्यु भएको ले उहाँ हरुप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्न चाहन्छु । हामी स्वयं सचेत भएर जीबन-यापन गर्ने र म कोरोना संक्रमणको संवाहक / उत्प्रेरक भएर आफ्नो परिवार र समाजमा महामारी फैलन नदिनको लागि WHO र सरकार ले कोरोना विरुद्धको गर्दै आएको निर्णयहरु लाई आफ्नो शरीर माथि अक्षरसः पालना गर्नु नि दिवंगत आत्माहरु प्रतिको श्रद्धांजलि हुन्छ ।
समाजको सजग र सचेत नागरिक भएको कारण हामी एउटा सफल सरसफाई अभियन्ता हुन सकेको छू । नेपालमा पनि केहि शर्त को साथ लॉकडाउन खुखलो यानी ऑनलॉक हुने परिस्थिति हुदैछ । अरु सबै खाले छूट भए पनि सम्म सभा , सेमिनार जस्तो भीड़ भाड़ न हुनै कार्य लाई निरुत्साहित गर्ने अपील पनि फेरी हुन्छ । हामी पनि केहि समय सम्म 5 -10 अभियन्ताको सहभागितामा आफ्नो घर नजिक या अभियान स्थलमा सांकेतिक सरसफाई अभियान संचालन गर्न प्रयास भौतिक दूरी लाई ख्याल ग़री गर्नु होला । बिगत जस्तो गलती लाई रिपिट गर्न दुःसाहस न गर्नु । जून परिवारले कोरोना लाई नजिक बाट भोगेको उसलाई नि यसको पीड़ा थाह छ । तपाई र हाम्रो कारण भीड़ भाड़ जस्तो कार्य भयो र संक्रमण भएर कुनै परिवार पुनः पीड़ा भोग्यो भने हामी लाई नरक मा पनि बास हुदैन । अमेरिका जस्तो हाम्रो देश पनि केहि महीनामा कोरोना फ्री हुने छ हामी विश्वस्त हुन प्रयास गरौ । त्यसपछि पुनः हामी समाजिक रूपांतरण को लागि व्यक्तिगत प्रयास गरौला ।
पूर्ण ऑनलॉक भए पछि अभियानको बृहतता एबम सफलताको लागि शुभकामना दिन चाहनछू । जय सरसफाई
धीरेन्द्र कुमार साह , सरसफाई अभियन्ता

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...