लहानमा मासुको मुल्य चर्को

  • जेठ २९, २०७८
  • १०४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल /लहान, २९,जेष्ठ । मासुका मूल्य ठाउँ अनुसार फरक–फरक मूल्यमा बिक्री भैरहदा उपभोक्ताहरु ठगिएका छन् । शहर वजारमा उपभोक्तको चाप बढी रहेकोले मासु लगायत उपभोग्य वस्तुहरुको बिक्री बढी हुन्छ तर गाउँघरका मानिसहरुले आफनै ठाउँको पसलवाट उपभोग्य वस्तु किन्न चाहिदैन किनभने गाउँमा पनि शहरवाट नै धेरै समाज अयात हुने गरेको अवस्था छ । यसै सिलसिलामा कुखुराको मासुको मूल्य हेर्दा गाउँघरमा नै सस्तो र ताजा हुन्छ । गाउँघरका मासुपसलेहरुले फ्रिजको व्यवस्था गर्न नसकेकोले सिमित संख्यामा कुखुराका मासु तयार गरी ताजा रुपमा नै बिक्री गर्दै आएको छ । बजारमा मासु बिक्री गर्न चर्को मूल्य भए पनि शहरी क्षेत्रका मानिसहरु व्यपारमूखी भएकोले पसलहरुमा पर्खेर बस्न नचाहेकोले मासु पसलेहरुले एकै चोटी २०–२५ वटा कुखुरा काटेर थनकाउने गर्छ र भरैसम्ममा बिक्री भएन भने फ्रिजमा राख्ने गरेको छ जसको कारण गुणस्तरिहीन मासु खान बाध्य हुन्छौ भने स्थानिय उपभोक्तहरु बताउँछ । त्यसै प्रकारखसीबोकाको मासु पनि बिक्री गरिरहेको छ । मासुको मूल्य हेदा सिरहा सदरमूकाममा कुखुराको मासु प्रति किलो रु. ३२० देखि ३५० मिर्र्चैयामा रु. २८० देखि ३००, चोहर्वामा रु.२२०, गोलवजारमा २६० देखि २८० र लहानमा ३६० फिक्स रेटमा बिक्री गरिरहेको छ भने कुरा लहान नगरापलिका एक मासु व्यपारी लहान फ्रेस हाउस एण्ड ट्रेडर्सका संचालक ललन साहले बताउनु भएको छ । उहाँले थप्दै भने कुखुराको दान बिभिन्न किसिमका बिभिन्न दाममा चर्को मूल्यमा पाउँनुका साथै लहानमा सटर भाडा महगो भएकोले अन्य ठाउँहरु भन्दा मासुको मूल्य लहानमा नै चर्को रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...