अनलाइन कक्षाको माध्यम बाट योग सहितको शारीरिक व्याम गरि सहभा लाभान्वित

  • जेठ २९, २०७८
  • ५२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ । जीवन विज्ञान झम्सिखेलद्वारा सन्चालित अनलाइन कक्षाका माध्यम बाट योग सहितको शारीरिक ब्याम गरि कक्षाका सहभागीहरु लाभान्वित भैरहेका छन ।एका बिहानै हरि उँ शब्द को गुन्जलले उनिहरु शारीरिक मानसिक तन्दुरुस्ती महसुस गर्दै आफ्नो शरीर स्वस्थ्य बनाइरहेका छ्न। कोरोनाको यस्तो त्रासको अबस्थामा शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाउन यस्ता अभ्यास बढी भन्दा बढी लाभकारी हुने भएकाले यो अभियान अझै व्यवस्थित ढंगले अगाडि बढाउने उद्देश्य रहेको गठित समितिका अध्यक्ष एकनारायण काफ्लेले बताउनुभयो । जुम प्रबिधिबाट सिकाइने योग अनि ध्यान विधिको यो कक्षाको क्षमता पछिल्लो समय झन्डै तीन सयको रहेको अध्यक्ष अर्यालले जानकारी गराए । अहिलेसम्म सय जनाले सहभागी भै स्वस्थ्य जिवनको अनुभुती गरिएको यो अभियानमा अब तीन सय जना जोडिन सक्नेछ्न। आफ्नो श्वासप्रश्वास क्षमता बढाउन र शरीर फूर्तिलो बनाइ स्वस्थ बन्न चाहानुहुने जो कोहीले यो अभियानमा जोडिन सकिने कोषाध्यक्ष मनोज थापाले सम्पत्ति न्युजलाई बताउनु भयो। प्रशिक्षणमा रिता न्यौपाने र श्रीजना श्रेष्ठले रोचक र प्रभावकारी ढंगले प्रशिक्षण दिने गर्नुभएको छ। बिहान चार पचास बाट शुरुहुने यो कार्यक्रमले मुख्यतः आन्तरिक उर्जा प्रवर्धन गराउने छ। यस्तैगरि सांगितिक शक्ति सञ्चालन, प्राणायामका साथमा, हास्य, हुकार नृत्य ध्यान सवैको समागम जीवन अमृत ध्यानविधि, समापन पछि केहि समय पृष्ठपोषणको लागि पनि समय समेटिएको छ। आवश्यकता अनुसार, जुम खुल्ने समयः बिहान ४ः५० बजे कार्यक्रम सुरु ५ः०० वजे समापनः ६ः३० बजे हुने आयोजक समितिले जनाएको छ। अहिलेको यस्तो परिस्थितिमा यो अभियानमा जोडिएर शारीरिक र मानसिक लाभ लिन इच्छुकहरुलाई आग्रह गरिएको छ। सिट सिमित भएकोले जोडिएका सबैले आआफ्नो सम्पर्कमा रहेकाहरुलाइ सहभागी गराउन मद्दत गरिदिनुहुन प्रशिक्षक रिता न्यौपानेले अपिल समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...