संघीय सरकारको असहयोगले सोचे अनुरुपको काम गर्न सकेनौ ः मुख्यमन्त्री राउत

  • भदौ १६, २०७६
  • ६१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

भदौ १५ । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असयोगका कारण सोचे जस्तो काम गर्न नसकेको बताउनु भएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साईकल वितरण गर्न सिरहा पुग्नु भएको मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण प्रदेशमा लक्ष्य अनुरुप काम गर्न नसकेको बताउनु भएको हो ।

69383214_1464366347039709_4713473681030905856_n साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले प्रदेश सरकारले विभिन्न काम तथा अभियानको थालनी गरेपनि संघीय सरकारको हस्तक्षेप र असहयोगले गर्दा कामलाई गति दिन नसकेको गुनासो गर्नु भयो । संघीय सरकारले प्रदेश २ सरकारको काम प्रभावित पार्न एकवर्षमै चार–चार वटा सचिव परिवर्तन गरेको र त्यसकारण चाहेर पनि जनताको अपेक्षा अनुरुप काम हुन नसकेको दुखेसो पोख्दै मुख्यमन्त्री राउतले केन्द्रीय सरकार संघीयता लाई नै धरापमा पार्ने खेल समेत गरि रहेको आरोप लगाउनु भयो । समृद्ध देश र प्रदेशको परिकल्पना पूरा गर्न तीनै तहको सरकारबीच सहकार्य, समन्वय र तालमेलको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नु भयो ,‘ समृद्धिको सपना पूरा गर्न नारा लगाएर मात्र हुदैन , हृदय देखी अघि बढनु पर्दछ । ’ मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत एक आर्थिक वर्षमा ४–५ हजार साईकल वितरण गर्ने लक्ष्य लिएकोमा १४ हजार साइकल वितरण भै रहेको बताउनु भयो ।

69451562_3066502340058559_3607495297090977792_n समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको उहाँको कथन थियो । प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सिरहाका विभिन्न पाँट वटा विद्यालयमा एकैदिन चारसय ६२ छात्रालाई साईकल हस्तान्तरण गरिएको छ। लहानस्थित लक्षमण ललिता माविमा १ सय ३, मिर्चैयास्थित मोहन उमाविमा १ सय १३, जनता बनवाली बर्छवामा १ सय १२, , राजमावि छजनामा ५७ र मिर्चैया नगरपालिका वडा ७ स्थित बाजुमावि फूलवरियामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत ४ सय ६२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...