उतरी भेग पहाडतिर अत्यधिक बर्षाको कारण कोशी नदिअमा पानीको बहाब बढ्दै ,उच्च सतर्कता अपनाउन आग्रह

  • असार १, २०७८
  • ५८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता सप्तरी , १ असार । उतरी भेग पहाडतिर अत्यधिक बर्षाको कारण कोशी नदिमा पानीको बहाब बढ्दै गर्दा उच्च सतर्कता अपनाउन ब्यारेज प्रशासनले आग्रह हरेका छन।पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । कोशी ब्यारेजमा पनि विहानैदेखि पानीको वहाव बढ्दो छ । आज विहान गरिएको मापदनअनुसार ९७ हजार क्यूसेक नाघेको छ । प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले मधेश लाइभलाई दिएको जानकारी अनुसार विहान ९ बजेतिर ९७ हजार २४० पानीको वहाव मापन गरिएको हो ।हाल ५६ मध्ये ७ वटा ढोका खुला गरिएको छ भने अझै वहाव बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...