किसानकै संस्थाले किसानलाइ सास्ती दिएको विरुद्ध उत्रिए आन्दोलनमा बिष्णुपुरको जनता

  • असार १०, २०७८
  • २००९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स/ ९ अषाढ, सिरहा । सिरहा बिष्णुपुरको किसानहरु आन्दोलित भएका छन। उनिहरु आफनै किसानको संस्थाको रुपमा परिचीत साना किसान सहकारी संस्था बिष्णुपुरले भलाइको साटो किसानहरुलाइ दोहन गरिरहेको आरोप लगाउँदै आन्दोलनमा उत्रेका हुन । उनिहरु भन्छन् हामी किसानाले यश संस्था बाट बिउ मल पाउने बेलामा पाँच किलोको दरले पनि पाउन अंकुश नै महसुस गरिरहदा गोदाममा बिउ र खाद चाँगमै सडि गलिरहेकोले किसानहरु दोहनमा परि सास्तीमा रहेको बताए । बिगतका दिनहरूमा पनि किसानहरुलाइ थाल र डबा दिई सधारण सभा पास गराउने रबैया पछिल्लो समय झन बलियो हुँदै गएको आरोप लगाउँदै जति गुरु आए पनि कानै चिरेको जस्तो बताए। शेयर धनी समेत रहेका उनी किसानहरूले केही समय अघि समिति बनाइ सनाकिसानले खरिद गरेको जग्गामा पनि चरम लापरबाही र भ्रष्टाचार भएको बताए।उनिहरुका अनुसार दुई लाख उनान्नब्बे हजारको दरले उपलब्ध भैरहेको जग्गा दशलाखाको दरले खरिद गरेपछि व्यापक कमिशनको चलखेल भएको बताए।स्थानिय एक शेयरधनी घुरन यादवले प्रदेश टाइम्स दैनिकलाई किसानको ब्यथा सुनाउदै भने यश कार्यालयले अघिल्लो पटक जग्गा खरिदको लागि निकालेको सूचनामा हामी तीन जना स्थानीयले फर्म भरेका थिए। पशुपति यादव,असे ठाकुर र म घुरन यादब समेत गरि तीन जनाले फर्म बुझाउंदा जग्गा खरिद गर्ने टेन्डर चाहिँ आफुलाइ परेको थियो।तर पछिल्लो समय कुनै शेयरधनिलाइ थाहै नदिइ गोप्य सूचना गरि संचालक समितकै माध्यम बाट महँगो दरमा प्रती कठ्ठा दस लाखको दरले खरिद गरेको प्रती आपती जनाए। आज बिहीवार दस बजे सूचना माँग गरे।तर प्रबन्ध र अध्यक्षले सुचना दिन आनाकानी गरे ।प्रबन्ध उपेन्द्र यादवले जग्गा खरिद समितीको संयोजक भोगेन्द्र यादव संग जग्गा सम्बन्धि सम्पुर्ण कागजात रहेको भने पछि कार्यालय प्रबन्धकले एक प्रती आफू सँग किन नराखेको भन्दै किसाहरुलाइ दुख दिएको स्थानीय किसान बिन्देश्वर यादवले बताए। कर्मचारी र संचालक पक्षले किसानहरूले माँग गरेको सूचना दिन पंछिदै गर्दा पत्रकारहरु पुगे पछि अध्यक्ष सरोज यादवले भने सुचना दिन आनाकानी नगरेको भन्दै प्रबन्धकलाई सूचना दिन अह्राए। तर अध्यक्षको पनि किसान प्रती कुनै दायाँ नदेखिएको उनिहरुको आरोप थियो। किसानहरुका अनुसार दुई ठाउँमा पदासिन अध्यक्ष यादव पनि चोखो छैन ।शुशासनहिन दृस्टिको चक्करमै किसानलाई बीउ र खाद्य आवश्यक भएको समय नदिने ,दिनै पर्यो भन्ने पाँच बोरा जरुरी भएकोलाइ पाँच किलो दिने त्यसमा पनि संतोषजनक फाइदा भएन भने गोदाममै सडाउने ।किसानको सबै खाने किसानको लागि मनकारी कोहि नहुने कहिले सम्म? हामी किसान आन्दोलनमा उत्रिनु बाध्यता रहेको बिष्णुपुरका जागरुक युवाहरूले बताए। जग्गा खरिद सम्बन्धि सूचना शेयरधनिहरु बाट लुकाइएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...