बस्दै आएको जग्गाको लालपुर्जा नै सुकुम्वासीलाई

  • भदौ १७, २०७६
  • २०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, १७ भदौ । सुकुम्वासीको नाममा आज पनि हुकुम्वासीलाई प्रोत्साहन दिने गरेको प्रदेश २ का अर्थ मामिला तथा योजना मन्त्री विजय यादवले बताउँदै भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने बताउँनुभयो । सिरहाको भगवानपुरमा भदौ १५ गते नेपाल बसोबास वस्ती संरक्षण समाजको बार्षिकोत्सवमा मन्त्री यादवले अधिकार पाउँनको लागि सँघर्ष कसैले गरिदिइदैन् आफै अगाडि आउँनुपर्छ । यसको लागि सुकुम्वासीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने जरुरी रहेको बताउँनुभयो । प्रदेश २ सरकारले सामूहिक खेतीको लागि बजेट विनियोजित गरेको छ । २० विघा भन्दाबढी खेतीको शुरुवात गरियो भने डिपबोर्डिगँ, कृषि उपकरणको व्यवस्था गरिएको मन्त्री यादवले बताउँनुभयो । कृषि उत्पादनको लागि १० विघाको एक समूह बनाएर सामुहिक खेती गरियो भने मलखाद्यको लागि प्रदेश २ सरकारले एक लाख रुपैयाँ उपलब्ध गराउँने प्रावधान ल्याएको मन्त्री यादवले बताउँनुभयो । मन्त्री यादवले आज पनि ९९ प्रतिशत मुसहरको लालपुर्जा छैन । कसले दिने ? उनीहरु जिमिन्दारको जग्गामा बस्दै आएका छन् । त्यो जग्गा मुसहरहरुले संरक्षण गर्दै आएको छ । त्यसैले बस्दै आएको जग्गाको लालपुर्जा उनीहरुलाई दिनुपर्ने बताउँनुभयो । कार्यक्रममा पूर्व मन्त्री राजलाल यादव, नेपाल बसोवास वस्ती सँरक्षण समाजका महासचिव कुमार कार्की, नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ता, बसोवास वस्तीका प्रदेश २ का अध्यक्ष सुभेन्द्र दास, बसोवास वस्तीका सिरहा अध्यक्ष मुकेश्वरलाल कर्णलगायतले सुकुम्वासीलाई जुन जमिनमा दश बर्षदेखि वस्दै आएको छ त्यही जग्गाको सुकुृम्वासीलाई लालपुर्जा दिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...