२५ जना भन्दा बढि नेता कार्यकर्ता जनमत पार्टी रुपन्देहीमा प्रवेश

  • असार १२, २०७८
  • ३७९ पटक पढिएको
  • उर्मिला यादव यात्री
alt

भैरहवा जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले आज परिचयात्मक एवंम छलफल कार्यक्रम सम्पन्न गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष बिष्णु सिंह लोधको अध्यक्षतामा भएको कार्यक्रममा आज बिभिन्न पार्टि परित्याग गरी २५ जना भन्दा बढी ब्यक्तिहरु जनमत पार्टीमा प्रबेश गरेका छन । मायादेबी गाउपालिका वडा नम्बर ६ मा अवस्थित बेथरी आमा समुहको धर्मशालामा भएको कार्यक्रममा सुर्यपुरा उच्च मा.बि.का बरिस्ठ निर्वाचित सदस्य ईश्वर चन्द चौधरी, मानराजी उच्च मा.बि.सेमरा मर्चवारका निर्वाचित बरिस्ठ सदस्य रामशुमेर ठाकुर, दुधनाथ लोध, मोहाम्मद सफिक खाँन लगायत २५ जना भन्दा बढि नेता कार्यकर्ताहरु आज जनमत पार्टीमा प्रवेश गरेका छन । परिचयात्मक एवंम छलफल कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले नव प्रबेशी सदस्यहरुलाई सदस्यता पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, समाज कल्याण विभागका केन्द्रीय सचिव चन्द्र शेखर सोनार , केन्द्रीय विभागका बरिस्ठ प्रमुख नेताहरुमा संजय कुमार मिश्रा, विकास प्रसाद लोध, रामदेव यादव , जिल्ला पदाधिकारी शम्भु यादव , सागर वर्मा, प्रदेशी केवट, राघुवेन्द्र पटेल, लगायतको सहभागिता थियो भने कार्यक्रम संचालन सचिव कृष्ण कोहारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...