शिवराजमा बजेट प्रारित: बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार

  • असार १४, २०७८
  • ३८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 शिवराज नगरपालिकाले आगामि आर्थिक बर्षको लागी बजेट असारको १० गते सार्वजनिक गरिसकेको छ । बजेटले सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई पनि सम्बोधन गरेको छ । संघिय सरकारले घोषणा गरे अनुसार शिवराज नगरपालिकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार छुट्याएको छ । विद्यालयको शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन स्थानिय तहले नियुक्त गरेका स्वयम सेवक शिक्षकहरुको समेत २ हजार वृद्धि गरेको शिवराज नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत पुर्ण बहादुर विश्वकर्माले बताए । शिवराज नगरपालिकाले अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सामाजिक सुरक्षाकोषका लागि २० लाख रकम विनियोजन गरेको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले बताईन् । शिवराज नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत ६२ जना सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी ११ जना र कार्यालय सहयोगी ६३ जना गरि १३६ जनाको तलब वृद्धि भएको विश्वकर्मले बताए । शिक्षा,युवा तथा खेलकुदमा ३ करोड ९ लाख बजेट विनियोजन गरेको चौधरीले बताईन् । शिवराज नगरपालिकाले स्वयम सेवक शिक्षकहरुको लागि पोशाक भत्ता समेत विनयोजन गरेको छ । शिक्षा शाखाले कर्मचारीको सेवा सुविधा बृति विकासमा २ करोड गुणस्तरिय बा.वि.के आधारभुत र माध्यामिक शिक्षा कार्यक्रम अनतरगत ३ लाख ३९ हजार,विद्यालय भौतिक सुविधा विस्तरमा १९ लाख र गुणस्तरीय शिक्षाको लागि क्षमता वद्धि कार्यक्रममा ३ करोड विनियोजन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए । शिवराज नगरपालिकाले सामाजिक विकास नीति अन्तर्गत शिक्षा युवा तथा खलेकुदमा विभिन्न क्रियाकलाप गर्ने निति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । १.आधारभुत तहको शिक्षा अनिवार्य सवै विद्यालय उमेर समूहका बालबालिकाको विद्यलयमा पहुँच । २.सवल र प्रतिवद्ध शिक्षक खुसि विद्यार्थी उत्कृष्ट सिकाई उपलब्धि । ३. बच्चाको टिफिनमा खाजा आमाको हातमा पैसा । ५. शिक्षक सिकाइ क्रियाकलापमा डिजिटल प्रविधिको प्रयोग गरी शिक्षक गर्न प्रोत्साहित गरिने छ । ६.एक विद्यार्थी एक फुलको विरुवा अभियान संचालन गरिनेछ । ७.सिमान्तकृत,अति विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा प्रदान गरिएका सहयोग कार्क्रमलाई निर्नतरता दिने । ८.प्रारम्भिक बाल कक्षाका सहयोगी विद्यालय कर्मचारी तथा स्वयम सेवक शिक्षकहरुलाई उत्साहित गर्न थप प्रोत्साहन अनुदान उपलब्ध गराउने । ९. स्वास्थ्य शरिर स्वास्थ्य मस्तिष्कका लागि खेल भन्ने तथ्यलाई मन् गर्दै खेलक लागि पुर्वाधारको विकास गरिने निति तथा कार्यक्रम प्रारित गरिएको चौधरीले बताईन् । शिवराज नगरपालिका शिक्षामा सकारत्मक भएको शिवपुर आदर्श नेपाल मा वि का लेखापाल माधव पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...