लकडाउनको मौका छोपी काठको तस्करी बढ्यो

  • असार १४, २०७८
  • ६१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - केही दिन पहिला लुकाई राखेकाे अवस्थामा प्रहरीले अवैध जंगली काठ बरामद गरेकाे थियो । कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा दुई लाख उनन्तीस हजार बराबरकाे का ६५.४४ कयुफिट काठ प्रहरी चैाकी ठकुरपुरबाट खटेकाे टाेलीले केहि दिन अघि बरामद गरेकाे थियाे । नेपाल-भारत सीमा क्षेत्रमाकाे जंगलबाट दिनहुँ अवैध कालो शिसम, टिकका काठ तस्करी हुँदै आएकाे छ । नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेकाे स्राेतले जनाएकाे छ ।यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ । तस्करहरुले भारतीय जंगलबाट नदीकाे किनारा हुँदै नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चाेरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्याेगहरुसम्म पुर्याउछन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ तस्करी भईरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...