सिरहामा धान दिवस २०७८

  • असार १५, २०७८
  • ४४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा ।धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि सहित अठारौं राष्ट्रिय धान दिवस मनाउँदै छ। सिरहा कृषि ज्ञान केन्द्र,सिरहा द्धरा पनि सामाजिक दुरी कायम गरि र अनिर्वा सम्पुर्ण सहभागिहरु मास्क प्रयोग गरि धुम धाम साथ धान दिवस २०७८ कार्यक्रम मनाएका छन् । कार्यक्रम सिरहा नगरपालिँका १९ सन्हैठामा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र सिरहाको नि. प्रमुख किसुन देब राउतले गर्नु भएको थियो त्यसतै प्रमुख अतिथी जिल्ला समन्वय समिति सिरहाका प्रमुख राम चन्द्र ठाकुर,विशिष्ट अतिथीहरुमा जिल्ला प्रशासन कार्यलय,सिरहा प्रमुख प्रदिप राज कणेल,जल्ला समन्वय समिति सिरहाका उप प्रमुख सरोज कुमार यादब,शस्त्र प्रहरी प्रमुख,अनुसन्धान प्रमुख र आमनागरिक,किसान,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा धान रोपाई,व्यक्तिगत विचार र कार्यक्रमको अन्तमा सम्पुर्ण सहभागिहरु दँहि चुईरा र आपँ खादै कार्यक्रम सम्पन्न गरेका थिए । आजको दिनलाई ” रोपाई महोत्सव ” वा रोपाई दिवसको रुपमा पनि चिनिन्छ । हाम्रो नेपाल ,कृषि प्रधान देश भएकाले यहाँ परम्परा देखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ । नेपालमा २०६२ साल देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन शुरु गरिएको हो । सरकारले सरकारी स्तरबाट यो दिवस मनाउन पनि ग्रामीण भेगमा किसानहरुले आफ्नै तौरतरिकाले मनाउने गरिन्छ ।आज जसरी भएपनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ।यस दिन रोपाइलाई पर्वको रुपमा मनाउने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै , छुप छुप गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापुर्व काल देखि नै असार १५ मा चिउरा दही र साउन १५ मा खीर खाने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...