भारतमा आवश्यक कागजपत्र नभए पनि सबै नेपालीलाई कोरोना खोप दिन निर्देशन

  • असार १५, २०७८
  • ४७७ पटक पढिएको
  • Pradesh Times
alt

नइ दिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ भएका नेपालीहरुसँग आवश्यक कागजात नभए पनि उनीहरुलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो ।

भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूह (नेगभ्याक) को सिफरिसअनुसार राज्य सरकारले यस्तो निर्देशन दिएको समाचार एजेन्सी पीटआिइले जनाएको छ । स्वास्थ्य र परिवार कल्याणका एडिसनल चिफ सेक्रेटरी पीके मोहापात्राले जिल्ला कलेक्टर, नगरपालिका कमिश्नर र प्रमुख जिल्ला मेडिकल तथा जनस्वास्थ्य अधिकारीहरुलाई यस विषयमा पत्र लेखेका छन् ।

 

पत्रमा मोहापात्राले राज्यमा कार्यरत सबै नेपाली नागरिकहरुसँग भ्याक्सिन लिनका लागि नाम दर्ता गर्न आफ्नो परिचय पत्र नहुन पनि सक्ने उल्लेख गर्दै प्रदेश सरकारले ती नेपालीहरुलाई बिना परिचय पत्र खोप दिने नीति लिएको बताएका छन् । यसअघि ओडिशा सरकारले जोखिम समूहमा रहेका व्यक्तिहरुलाई उनीहरुसँग आधिकारिक परिचय पत्र नभए पनि खोप दिन निर्देशन दिएको थियो । अहिलेसम्म राज्यले १ करोडभन्दा धेरैलाई खोप लगाइसकेको छ ।डिसी नेपाल

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...