बिष्णुपुर गाउँपालिकामा मुख्यमन्त्री राउतको दर्शन

  • असार १७, २०७८
  • ११८६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  /असार १६ सिरहा। प्रदेश २ को सात सय त्रिपन्न स्थानीय तह अन्तर्गतको बिष्णुपुर गाउँपालिका पनि एक सुन्दर स्थानीय तह हो। प्रदेश २ लगायत सिरहाको विभिन्न स्थानीय तहहरुमा नगर गाउँ सभा भए सँगै आज बुधबार बिष्णुपुर गाउँपालिकामा पनि गाउँसभा सम्पन्न भएको छ। बिष्णुपुर गाउँपालिकालाई माया गर्ने प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतले बिष्णुपुर गाउँपालिकाबासिलाइ दर्शन दिदै सम्बोधन गरेका हुन ।उनले भने,बिष्णुपुर गाउँपालिकाले ल्याएको बजेटको सदुपयोग होस। उहाँले बिकासको पुर्बाधारहरुमा जोड दिदै भने बिष्णुपुर गाउँपालिकाको सातौ गाउँसभा बाट ल्याएको बजेट थोरैमा धेरै व्यबस्थित रहेको बताए । उहाँले,संघीय सरकारको विभेद युक्त रबैया विरुद्ध खनिदै सरकार संघीयता बिरोधि ,परिवर्तन बिरोधि रहेको बताए ।उनले, संघीय स्वरुपको संरचना अन्तर्गत सात प्रदेश ,सात सय त्रिपन्न स्थानीय तह र १३६ पालिकाहरु संघीयताको देन हो।त्यसमा पनि अधिकारहरुको सुचिमा स्थानीय तह झन एक सरकार नै हो भन्दै परिवर्तन बिरोधि सरकारले राजस्व बाँडफाँडमा विभेद गरेको जनाए ।उनले थप्दै भने अहिले सम्पुर्ण राजस्वको पन्ध्र प्रतिशतमा प्रदेश र पन्ध्र प्रतिशतमा स्थानीय तहलाइ सिमित गरि सरकार संघीयता बिरोधि बजेट संधै प्रस्तुत गर्दै आएको भन्दै राजश्व बाँडफाँड जनसंख्याको अधारमा हुनुपर्ने जोड दिए। सातौ गाउँ सभाको सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पडोसी मुलुकको संघीयताको बारेमा समेत प्रष्ट्याएका थिए। राउतले पडोसी मुलुकमा राजश्व बाँडफाँडमा त्यहाँका नागरिकहरु पचास प्रतिशत हकभोग पाएको भन्दै यता हामिलाइ परिवर्तन बिरोधि सरकारले हकभोगमा तीस प्रतिशतमा सिमित गरेको परिवर्तन बिरोधि सरकारको रबैयालाइ औंल्याएका थिए। उनले थप्दै भने सरकार संघीयता कार्यनयनमा जटिलता सृजना गरि सरकार गणतन्त्र लोकतन्त्र बिरोधि रहेको बताए । मुख्यमन्त्री राउतले वड न.३ स्थित एक अपन सामुदायिक भवन लगायत विभिन्न भवनहरुको उद्घाटन समेत गरे। बिष्णुपुर गाउँपालिकाले बुधबार सातौ गाउँसभा बाट आर्थिक वर्ष २०७८/०७९ को लागी चालु खर्च तर्फ १८ करोड ६३ लाख र पुँजिगत खर्च तर्फ १६ लाख ६३ हजार गरि जम्मा ३४ करोड ९९ लाखको बजेट ल्याएका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...