प्रदेशका डिआइजीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि

  • असार २२, २०७८
  • ३३८ पटक पढिएको
  • Pradesh Times
alt

विराटनगर । भारतमा चिनियाँ स्याउ तस्करी घटनामा प्रदेश प्रहरी कार्यालय विराटनगरकै संलग्नता खुलेको छ । प्रदेश कार्यालयमा सूचना संकलनमा खटिएका सइ किरण मोक्तानको समेत त्यसमा संलग्नता पुष्टि भएको हो । उनले तत्कालिन प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीलाई समेत मिलाउने भन्दै गिरोहसँग पैसा लिएको पुष्टि भएको छ । मोक्तानलाई हालै कारबाही गरिएको छ ।

सुनसरीको सीमा नाकाबाट लकडाउनको समयमा तीन ट्रक चिनियाँ स्याउ सेटिङमा तस्करी भएर गएको थियो । जसमा नेपाल प्रहरीका चार र शसस्त्र प्रहरीका चार गरि आठ जना प्रहरीको सलग्नता पुष्टि भएपछि उनीहरुमाथि विभागीय कारबाहीमा गरिएको छ ।

२९ जेठ राती तस्करी गरेर भारत लगिएको स्याउ ३० जेठ विहान ३ बजे भारत विहार राज्यको सुपौल जिल्ला अन्र्तगतको विरपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बरामद गरेको थियो । तीन ट्रक ( एक हजार तीन सय ५० कार्टुन चिनियाँ स्याउ नियन्त्रणमा लिएपछि लकडाउनमा प्रहरीले नै तस्करी गराउने गरेको खुलेको थियो । त्यसपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै निकायले अलगअलग छानविन समिति गठन गरेर छानविन गरेका थिए ।

प्रदेश १ प्रहरी एसएसपी राजेन्द्र चौधरी र शसस्त्र प्रहरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अलगअलग छानबीन समितीको प्रतिबेदन अनुसार तस्करीमा संलग्न रहेको पुष्टी भएपछि सुनसरी श्रीपुरजब्दी प्रहरी चौकीका असई टेकबहादुर कार्की, हवल्दार विरेन्द्रकुमार यादव, हरिपुर चौकीका असई भुपराज पोखरेल र प्रदेश १ प्रहरी कार्यालय विशेष अनुसन्धान समुहका सइ किरण मोक्तान विभागीय कारबाहीमा परेका छन् । छानविनका क्रममा निलम्बन गरिएका भण्टाबारी प्रहरी चौकीका सई र कोशीकटान प्रहरी चौकीका असई आसनारायण माझीको भने संलग्नता नदेखिएको बताइएको छ । दृष्टि साप्ताहिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...