थाइल्यान्डमा कोरोनाविरुद्धको चिनियाँ खोप सिनोभ्याकको प्रभावकारीता माथि प्रश्‍न

  • असार २५, २०७८
  • ६११ पटक पढिएको
  • प्रदेश टाईम्स
alt

काठमाडौं ।  स्वास्थ्य मन्त्रालयको एक लिक भएको कागजातले थाइल्याण्डमा कोभिड- १९ संक्रमितका लगाइने कोरोनाविरुद्धको चिनियाँ खोपको प्रभावकारितमाथि प्रश्‍नहरु उठ्न थालेका छन् ।

खोप लगाएकाहरुलाई एमआरएनए खोपको बुस्टर दिन भनिएको छ । यस्तो कदमले चीनको सिनोभ्याक बायोटेकको खोपमा जनताको विश्वासलाई कम गर्न सक्छ भन्ने टिप्पणी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको आन्तरिक मेमोमा विभिन्‍न बुस्टरहरु प्रयोग गर्नुपर्ने उल्लेख गरिएको थियो । यो थाई स्वास्थ्य मन्त्री अनुटिन चर्नवीराकुलले प्रमाणिक भएको भनेर पुष्टि गरेका छन् । यसमा एक अधिकारीको फ्रन्टलाइनर स्वास्थयकर्मीहरुलाई फाइजर-बायोटेकको खोप लगाउन भनिएको थियो भने सर्वसाधरणालाई सिनोभ्याक खोप लगाउन भनिएको बताएका छन् । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

यस कदमले “सिनोभ्याक खोप प्रभावकारी छैन भनेर स्वीकार गरिएको उनको दाबी छ । थाइल्यान्डले अधिकांश स्वास्थ्यकर्मीहरूलाई सिनोभ्याक खोप दिइएको छैन । विश्वमा कम प्रभावकारी भएको भनिएको सिनोभ्याक खोपको दुई डोज लगाउँदा पनि ५० प्रतिशतमात्रै प्रभावकारी हुने अध्ययनले देखाएको थियो ।

थाइल्यान्डको मन्त्रायलयबाट लिक भएको डकुमेन्टमा सिनोभ्याक खोप लगाएका स्वास्थ्यकर्मीहरूलाई फाइजर-बायोटेक बुस्टर शट दिनका लागि शीर्ष मेडिकल काउन्सिलका अधिकारीले आह्वान गरेका छन् । यसअघि खोप लगाइसकेका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो ।

त्यसकारण सिनोभ्याक खोपको प्रभावकारितामाथिको विश्‍वास कमजोर बन्दै गएको छ । विश्वका धेरै मुलुकहरुले सिनोभ्याक खोप लगाउन पनि मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...