कांग्रेस कार्यकर्ताद्वारा पटाखा पट्काएर स्थानीयवासीलाई सास्ती

  • असार ३०, २०७८
  • ३७६ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका छन्।

देउवा प्रधानमन्त्री बनेकै दिन रौतहटको राजपुर नगरपालिकामा उनका समर्थकहरुले पटाखा पट्काएर स्थानीयवासीलाई हैरान पारेका हुन्।

पटाखाले राजपुर नगरपालिकाका स्थानीयवासीलाई अफ्ठ्यारो भइ रहदा केही स्थानीय घर आसपास पटाखा नपट्काउन भन्न जाँदा आफताब आलमका भाइ शेख शोयब र उनका छोराहरुले पुर्वमन्त्री राजा बाबुको बुहारी तथा भतिजहरुमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट पुर्वमन्त्री राजा बाबुको भतिजहरु घाइते भइ अस्पताल भर्ना भएका छन्। उनीहरुको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ। स्थानीयहरु कांग्रेस समर्थक कार्यकर्ताहरुको यस्तो रवैयाको विरोध गरिरहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।  राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।  सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...