पालिकाहरुमा अनुचित असुली तिब्र

  • साउन ४, २०७८
  • १२७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश  टाइम्स/०४ साउन,सिरहा ।बिगतमा सिरहाको बिभिन्न पालिका र कार्यालयहरुमा अख्तियारको छापाले शुसाशनको प्रत्याभुति गराईरहदा पनि पछिल्लो समय सिरहाको पालिकाहरुमा अनुचित असुली तिव्र गतिले बढिरहेको पाइएको छ । पालिकाहरु भित्रकै एक स्रोतका अनुसार पालिका भित्र अध्यक्ष, मेयर,प्रशासकिय अधिकृत लेखा,इन्जीनियर,योजना शाखा प्रमुख र सुचना फाँटको कर्मचारिहरुको एक आन्तरिक सहमति अनुसार उनिहरुले काम,पद र दर्जाको अधारमा अनुचित असुलि गरि बाँडफाँड गर्ने गरेको बताईएको छ ।स्रोतका अनुसार कुन योजना बाट कति असुलि भयो ?कसलाई कति दिने भागबन्डा चलिरहदा हामि तल्लो दर्जाको लाई छिर्न पनि नदिने भएपछि आफु कुन जागिर खाँदै सोचेर पोल खोल्न बाध्य भएको जनाएको छ । स्रोतका अनुसार प्रत्येक ओजनामा बिस देखि तिस प्रतिशत अनुचित लिने गरेको छ भने लक्ष्ति कार्यक्रम र बिज्ञापन सुचनाहरुमा पनि बाकलै प्रतिशत अनुचित लिदै गरेको दावि छ । स्रोतहरुका अनुसार आ.ब. २०७७÷०७८ को बजेट र भुक्तानिको अन्तिम समय पालिका भित्रको कर्मचारि र उच्च जनप्रतिनिधिहरुले अनुचित दिनेको फाइल पास गर्ने र नदिनेको लागि सर्भर डाउनका कारण फाइल फस्यो भने सुत्रका साथ असार ३१ गते हामि सफल भयो भन्ने स्वर कम गर्दा पनि हल्ला भने मजाले बजारमा चलेको छ । यतिखेर उपभोगताहरुले समयमा नै सहि काम गरेर फाइल बुझाए पनि सर्भर डाउनका कारण भुक्तानि दिन नसकेको लेखा हाकिम कर्मचारिहरुको बहानाबाज नौटंकी कुरोले थप पिडा खेपिरहेको उपभेगता सेवाग्राहिहरुले बताउँछन । कर्मचारिहरुका अनुसार उता असार ३१ गते १२ बजे राति बन्द हुने भनिएको सर्भर ३० गते १२ बजे राति नै कटे पछि यस्ता समस्या जुध्नु परेको बताइरहदा कोष तथा लेखा नियन्त्रनको कार्यलय सिरहाबाट असार तिस गते १२ बजे राति पश्चात चेक काटन नमिल्ने मेल पत्रका साथ सम्पुर्ण पालिका सरोकार बलाहरुमा जानकारी गराएको को.ल.ेनि.का सिरहाका नियमित प्रमुख यमराज गिरिको दावि छन । के होला रहस्य?काम गरेर पनि किन सास्तीमा छन उपभोगता र समितिहरु? पालिका भित्रकै जनप्रतिनिधि र कर्मचारिहरुले आफनो नाम मात्रै फरक पारि योजना ठेक्का लिने र आफन्त करकुटुम्ब ठेकेदारलाइ चलाउन दिने त्यसबाट पनि अनुचित असुलि असहज हुन्छ बुझेपछि अन्तको ठेकेदारलाइ प्रयोग गर्ने जस्ता धन्दा पालिकाहरुमा हाबि छन । अनुचित असुलिको चक्करमा कमसल काम गर्ने गराउनेको नियत जावानामा ठेक्का गरेको कामको शुरुवात भने असार अन्तिम तिरै हुन्छन। तिन टिप ग्रयाभलको तिन लाख गर्दै काम ठोस गरेको भन्दै बिल पेश गर्छन । पैसा दियो भने पान चाहियो कि भ्याट बिल ? चौक चौराहा बाटै नपाउने होइन । बिल सजिलै उपलब्ध गराई हाल्छ । अन्तिममा फाइल सदर र बदर कसले गर्ने? उसको अनुचित छुटै । सम्झौता गर्ने तोक लगाउने हाकिमको छुटै ।फाइल राख्ने योजना शाखा र अनुगमन गर्ने जनप्रतिनिधिको छुटै मोटो अनुचित असुलिका कारण उपभोगता सेवाग्राहिहरु सास्ती र पिडामा परेको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...