प्रभु साहको आईटी आर्मीको समर्थनमा खुलेर आए महेश बस्नेत

  • साउन ७, २०७८
  • ३९९ पटक पढिएको
  • प्रदेश टाईम्स
alt

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सांसद कृष्ण कुमार श्रेष्ठ 'किसान'ले मेरो योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए र पूर्वमन्त्री प्रभु शाहले आईटी आर्मी गठन गरेको विषयमा उनको नाम जोडेर केही अनलाइन सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा आपत्ति जनाएका छन्। उनले सामाजिक संजालमार्फत उक्त खबरहरू श्रोत र सम्पर्क बिनाको अनलाइनहरुका खबर रहेको  भन्दै आपत्ति समेत जनाएका छ्न। 

पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार शीर्षकमा लेखिएको समाचारप्रति उनले आपत्ति जनाएका छन्। महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली मचेको भनी समाचारमा उल्लेख छ। बस्नेत सो समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा उनको सम्बन्ध साहसङग राम्रो रहेको र उहाँहरू मिलेर काम गर्ने स्पष्ट पारेका छन् । उनले समाजिक सन्जालमा पोस्ट गरेका छन्, 'कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस। उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।'


त्यस्तै, महेश बस्नेतकै योजनामा श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हालेको चर्चा शीर्षकमा न्युज लेखेका थिए। जसमा उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन्।

उक्त अनलाइनहरुले सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरिदिएपछि अदालतको निर्णयविरुद्ध देशव्यापी संघर्ष गर्ने उद्घोष गरेका बस्नेतकै आग्रहमा उनीनिकट सांसद श्रेष्ठले काँग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएको चर्चा चल्न थालेको भनी समाचार लेखेका थिए।

त्यस्तै देउवाले दोस्रो पटक पुनःजिवीत प्रतिनिधि सभाबाट विश्वासको मत लिएको र एमाले अध्यक्ष ओलीको पक्षमा लागेका श्रेष्ठलगायत ८ सांसदले देउवालाई विश्वासको मत दिनु अर्थपूर्ण मानिएको भनी ती अनलाइनहरुले समाचारमा उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौरानिकखालको श्रीमान श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन्'

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...