हिन्दू बिरोधी पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध जनकपुरमा पनि प्रदर्शन

  • साउन ७, २०७८
  • ४८८ पटक पढिएको
  • प्रदेश टाईम्स
alt

जनकपुर । राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ।

हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेको हो।

अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागी अभियन्ता मनिष हिन्दूले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनीविरुद्ध प्रदर्शन गरिएको बताए।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।

त्यस्तै हिन्दू बिरोधी पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध जनकपुरमा पनि प्रदर्शन गरिएको छ। जनकपुरमा  पनि राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गरेको छ।

अभियान जनकपुरका संयोजक मनीष पुर्बे, सदस्यहरु चन्द्र भानु साह, सरोज यादव, दीपेन्द्र साहको नेतृत्वमा पुतला दहन गरिएको हो। 

निरन्तर हिन्दू धर्म, संस्कृतिको बिरोध गर्दै आएका चर्च एजेन्ट भट्टराईविरुद्ध जनकपुरमा पनि विरोध गरिएको संयोजक पूर्बेले बताए।

२ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...