शिक्षामा व्यापक लापरवाही बिदालयमा पढाई नचल्दा बिदार्थीहरुले गरे तालाबन्दी वडा अध्यक्ष र राजनितिक्रमीको हर्कत लठिले बिदार्थी कुटिए

  • भदौ २३, २०७६
  • १३६ पटक पढिएको
alt

प्रदेश टाइम्स दैनिक÷भदौ २३,बिष्णुपुर । सिरहाको कल्याणपुर नगरपालिकाको वडा न.४ स्थित श्री बिषणुपुर माध्यमिक बिदालयमा तालाबन्दी गरेको छ ।बिगत केही दिन देखी बिदालयको पठन पाठन खस्किदै गएपछि बिदालयमा बिदालय र वडा कर्यालयमा बिदार्थीहरुले तालाबन्दी गरेको हो । आफ्लो बालअधिकार तथा दरो अध्यन अध्यापनको लागि उठाइएको अवाज र तालाबन्दी बिरुद्ध वडा अध्यक्ष र केही राजनितिकर्मीले नै बिदार्थीहरुलाइ कुटेको बिदार्थीहरुले बताए ।स्थानिय अबिभावक अरुण यादवको अनुसार यस बिदालयको शिक्षामा राजनितिकरण भएको छ । फोहरी राजनितिककै कारण बिदालयको अवस्था गाँजिएको छ ।यसले बिदालय र बिदार्थीहरुको भबिष्य सँग खेलवाड भएको आरोप रहेको छ । अध्यन अध्यापनको लागि सहज तथा सबल वातावरण निर्माण गर्नुको साटो एउटा सरोकारबलाहरु बाट नै बिदार्थी खनिएपछि अविभावकहरु आक्रोशित भएको स्थानिय युवा काशिन्दर यादवको भनाइ रहेको छ । उनले, बिदालयमा बिदार्थीहरुले तालाबन्दी गरेपछि वडा अध्यक्ष सहित केहीले बिदार्थी माथी लठि प्रहार गरेको जानकारी गराए ।साथै यस बिदालयको शिक्षामा व्यापक लापारवाही भएको अबिभावक समेतको बुझाइ रहेको बताए ।

वडा अध्यक्षको हर्कत, सास्तीमा बिदार्थी
बिदालयमा तालाबन्दी पश्चात हामिले सम्झाउन जाँदा बिदार्थीहरुले ढुङ्गामुढा गर्न खोज्दा प्रतिकारमा लठि प्रहार गरेको वडा अध्यक्ष दिलिप यादवले बताए ।गुणस्तरीय तथा नियमित रुपले पढाइ नचलेपछि अधिकारको लागि तालाबन्दी गरेपछि वडा अध्यक्ष र स्थानिय उनकै केही मान्छेहरुले एकाशी हामी बिदार्थीहरु माथी लठि चार्ज गरेको कक्षा ४ मा अध्यनरत बिदार्थी पप्पु यादव,धिरज यादव र उनका अबिभावकहरुले बताए ।वडा अध्यक्ष र हेडमास्टरको हर्कतले हामी सास्तीमा हौं उनिहरुले बताए ।
बिदालयमा खालि रहेको दरबन्दीले सृजना गरयो झेल ।
बिदालयकै एक शिक्षकका अनुसार यहाँ धैरै दिन देखि खाली रहेको दरबन्दीमा पद पुर्तीको लागि राजनिति भैरहेको अवस्था छ । शिक्षक पुर्ण नरहेका कारण पनि स्तरिय पढाइमा असहजता सृजना भइ पढाइमा गुणस्तरियता र आफना अधिकारको लागि बिदार्थी आन्दोलित हुनु स्वभाविक हो ।तर त्यसको बिरुद्ध एउटा स्थानिय सरोकार बला तातिएर लठि समेत प्रहार गरी कलिला बच्चाहरुलाई अधिकार बाट वंचित गर्नु अपराध रहेको दुख राखे । बिदार्थीको जिवन र भविष्य सगँ खेलवाड नहोस ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...