भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे

  • साउन २२, २०७८
  • ६१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्णनगर , साउन २२ कृष्णनगर बार्डर सटेकाे भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताकाे लागि एउटा संस्थाद्वारा विचार गाेष्ठी राखिएकाे थियाे । नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,संचारकर्मीलाई समेट्ने गरि आयाेजन गरिएकाे कार्यक्रममा भारत सिमा क्षेत्रमा अमन चाहेकाेले राजेंद्र सिंह सेवा संस्थानले गाेष्ठी आयाेजन गरेकाेमा वाक्ताहरुले बधाई दिदै सिमादेखि सटेकाे बढ्नी बजार अवस्थित आर्य कन्या बिद्यालयमा चियापानसंगै शुरु भएकाे कार्यक्रममा भारत सरकारका विभिन्न एतिहासिक फैसलाहरु बारे पनि चर्चा गरेका हुन । भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे समाजसेवी वाक्ता राजेश चन्द शर्माकाे भनाई थियाे । received_814619839217822 अहिले भारत सरकारले कश्मिरकाे सर्वांगीण बिकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेकाे छ भने त्यहांका युवायुवती लक्षित स्वाराेजगार तालिमहरु पनि निरन्तर दिदै आएकाे वाक्ताहरुले बताए । मेडिकल कालेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरुमा पारदर्शिता पनि हुँदै आएकाे छ भने स्थानीय स्तरमा समाजिक बिकासलाई विशेष जाेड दिएकाे भारतीय पत्रकार अजय गुप्ताकाे भनाई थियाे । कार्यक्रममा एसएसबी पदाधिकारी ,राजनितिक दलका प्रतिनिधि , संचारकर्मी लगायत समाजिक तथा प्रशासनिक बुद्धिजीवीकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...