पश्चिम् नवलपरासीमा तिन लाख मुल्य भन्दा बढी अवैध खसी, बोका तथा मालसामान बरामद

  • भदौ ६, २०७८
  • ४२८ पटक पढिएको
  • उर्मिला यादव यात्री
alt

उर्मिला यादव नवलपरासी भदौ ६। पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका बर्दघाट नगरपालिका वडा नम्बर ४ टि.सि.एन चोकबाट बरामद गरेको छ । बरामद खसी, बोकाको अन्दाजी मुल्य २ लाख ८० हजार मुल्य बराबर रहेको प्रहरीले छ । त्यसैगरी भारतबाट भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको जनाएको छ । बरामद भएको सामानको मुल्य ४३ हजार ८ सय ५० रुपैया रहेको छ । यस्तै गरि बरामद भएका २८ जिउ खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...